ई–जीएमपीको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने हुन्डाईको उद्घोष, इभीको लागत घट्ने
कोरियन अटो निर्माता हुन्डाई मोटर्सले हाल प्रयोगमा आएको ई–जीएमपी...
विश्वमा इलेक्ट्रिक कारको क्रेज बढेसँग अटो निर्माता कम्पनीले सोलारबाट चल्ने कारमा पनि काम गरिरहेका छन् । हाल बजारमा सोलारबाट चल्ने कार उपलब्ध छैन र यो कार बजारमा आउन अझै समय लाग्ने छ ।
नेदरल्याण्डको एउटा कम्पनीले सोलार कार सार्वजनिक गरेको छ । सम्भवतः यो संसारको पहिलो सोलार कार हो जसलाई लाइट ईयर ओ नाम दिइएको छ । सो कारमा सोलार इलेक्ट्रिक पावरट्रेन पनि लगाइएको छ, जसले एक पटक चार्जमा ७०० किलोमिटरको रेन्ज प्रदान गर्न सक्षम छ ।
कम्पनीले हाल सो कार युएईमा ल्याएको छ । कम्पनीले आफ्नो वेबसाइटमा सो कारको मूल्य २ लाख ५० हजार युरो राखेको छ । युएईका इच्छुक खरिदकर्ताहरूले कम्पनीको वेबसाइटबाट यो कार बुक गर्न सकिन्छ । अन्य ग्राहकहरूका लागि भने सो कार अर्को वर्ष बिक्रीका लागि उपलब्ध हुनेछ ।
रिपोर्टका अनुसार यो कार टेस्ला मोडल एस भन्दा दोब्बर दक्ष छ । लाइट ईयर ओ कार गर्मीको सिजनमा महिनौं चार्ज नगरी प्रयोग गर्न सकिन्छ । यसको टप स्पिड १६० किलोमिटर प्रतिघन्टा छ र यो सोलार इलेक्ट्रिक कारले १० सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्षम छ ।
कोरियन अटो निर्माता हुन्डाई मोटर्सले हाल प्रयोगमा आएको ई–जीएमपी...
भारतीय बजारमा लन्च हुने तयारीमा रहेका ७ नयाँ एसयुभीमा एड्भान्स्ड ड्राइभर...
काठमाडौं–चिनियाँ ईभी ब्रान्ड कामाले नेपालका विभिन्न स्थानमा सेल्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...