सञ्चालनमा आयो पोखराकै पहिलो आकाशे पुल

पोखरा - पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जना चोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो । 

कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत रु ५० लाख विनियोजन गरेसँगै सिर्जना चोकमा आकाशे पुल निर्माणकार्य शुरु गरिएको थियो ।

महानगरपालिकाको रु दुई करोड १५ लाखको लागतमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको इञ्जिनीयर राजु रेग्मीले जानकारी दिए । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको सो आकाशे पुल पहिलो भएको जनाउँदै उनले भने, “पुलको रङरोगन र सिसाको छानो राख्ने बाहेक सम्पूर्ण निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको हो ।”

इञ्जिनीयर रेग्मीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारैतर्फबाट ओर्लन मिल्छ । आकासे पुलका लागि जमीनमुनि सिमेन्ट र जमिनमाथिका सबै संरचना निर्माणमा स्टिल प्रयोग गरिएको छ । महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि केएम जेबिएनएस पोखरा जेबीसँग सम्झौता भएको उक्त पुलको निर्माणकार्य २०७७ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस सङ्क्रमणका कारण निर्माणकार्य ढिला भई एक वर्षपछि सम्पन्न भएको हो ।

पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालका अनुसार सबैको चासो र चर्चामा रहेको उक्त आकाशे पुलमा दिनभरी पैदल यात्रु एवं साँझपख सर्वसाधारणको घुइँचो नै लाग्ने गरेको छ । पोखरा–बगलुङ सडकको प्रवेशद्वारका रुपमा रहेको उक्त आकाशे पुलमा विशेष गरी साँझपख दृश्यावलोकन एवं सेल्फी खिच्नेको भिड देखिने गरेको उनको भनाइ छ ।

उक्त पुलमा यतिखेर नेपालकै पर्यटकीय राजधानी पोखराका मुख्य बजारका चोकमा  दिनानुदिन जनसङ्ख्यासँगै सवारीसाधनको चापका कारण व्यस्त पृथ्वीचोक, महेन्द्रपुल, विरौटाचोक, राष्ट्बैंकचोक, अमरसिहंचोक, सभागृह चोकलगायतका विभिन्न स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्न थालिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक अम्रित बस्नेतका अनुसार पोखराका मुख्य चोकमा आकाशे पुल निर्माणले सवारी दुर्घटनामा केही हदसम्म भए पनि कमी हुने विश्वास व्यक्त गरे ।

रासस

सम्बन्धित समाचारहरू

इम्बोस्ड नम्बर प्लेटमा गलत बुझाई : साउन देखि नयाँ र नामसारी भएका सवारीलाई मात्र अनिवार्य

इम्बोस्ड नम्बर प्लेटमा गलत बुझाई : साउन देखि नयाँ र नामसारी भएका सवारीलाई मात्र अनिवार्य

काठमाडौं – इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सम्बन्धमा यातायात...

अब स्मार्टफोनबाटै लाइसेन्स जाँच्न सकिने, गरियो स्मार्टफोन हस्तान्तरण

अब स्मार्टफोनबाटै लाइसेन्स जाँच्न सकिने, गरियो स्मार्टफोन हस्तान्तरण

काठमाडाैँ – सरकारले डिजिटल सवारीचालक अनुमति पत्रको नियमनको लागि ट्राफिक...

फागुन २० रातिदेखि सवारीसाधन चलाउन नपाइने

फागुन २० रातिदेखि सवारीसाधन चलाउन नपाइने

काठमाडौं – निर्वाचन आयोगले यही फागुन २० गते राति १२ः०० बजेदेखि मतदान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...