अटोमेकानिक्स महासंघको टोलीद्वारा चीन भ्रमण सम्पन्न, चिनियाँ सवारी र पार्ट्स लगायतको जानकारी हासिल
काठमाडौं नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको प्रतिनिधिमण्डलले...
सन् १८९६ को अगस्त १७ का दिन दुर्भाग्यवस ब्रिजेट ड्रिस्कोल सडकमा निस्किए र इतिहासमै पहिलो मृतक पैदल यात्रीको इतिहास बनाए । बेलायतको सडकमा उनलाई एक कारले ठक्कर दिदा उनको मृत्यु भएको थियो ।
४४ वर्षिया ड्रिस्कोल आफ्नो टिनएजर छोरी र अर्को एक साथीसँग क्रिस्टल प्यालेसको ग्राउन्डमा हिडिरहेकी थिइन् । त्यही समयमा एक एंग्लो–फ्रेन्च मोटर कम्पनीको गाडी हुत्तिदै आयो र उनलाई हिर्कायो । गाडीमा सवार महिला कुनै मिटिङ भेट्न हतारिदै जादै थिइन् । प्रत्यक्षदर्शीहरुका अनुसार सो गाडी जथाभावी तरिकाले चलाइएको र कुनै दमकल जस्तै हतारिएर अगाडि बढिरहेको थियो ।
यद्यपि गाडीको अधिकतम गति ८ माइल प्रतिघण्टा थियो । सो मोडललाई अझै मेकानिकल रुपमा ४ माइलको मात्र गति बनाइएको थियो । ती ड्राइभर आर्थर एडसलले यसको गति ४ माइल भन्दा बढी नभएको बताइन् । यद्यपि उनका साथमा रहेका यात्री एलिस स्ट्यान्डिङले भने यसको इन्जिनलाई मोडिफाई गरी तीव्र गतिमा चलाउन मिल्ने बनाइएको आशंका गरेकी थिइन् । पछि जाँचबुझ गर्दा यसको गति ४.५ माइल अर्थात करिव ७.२ किलोमिटर भन्दा बढी गतिमा चलाउन नसकिने बनाइएको बताइएको थियो ।
एडसललाई पहिलो दुर्घटना गरेको आरोपमा पक्राउ गरिएको थियो । तर पछि न्यायालयले यसलाई ‘एक्सिडेन्टल डेथ’ भन्यो र कुनै मुद्दा पनि दर्ता गरिएन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...