लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
काठमाडौं– महिन्द्राले आफ्नो लोकप्रिय सव फोर मिटर एसयूभी एक्सयुभी–३०० को फेसलिफ्ट यसै महिनाको २९ तारिखमा लन्च गर्दैछ । फेसलिफ्ट भर्सन भएपनि कम्पनीले यसलाई एक्सयुभी ‘थ्रिएक्सओ’ नामले ल्याउन लागेको हो । सो नयाँ एसयुभीमा कम्पनीले एक्सटेरियदेखी इन्टिरेरियर सम्मलाई रिफ्रेस गरेको छ ।
सव फोर मिटर एसयूभीमा राम्रो बजार पाइरहेको सो एक्सयुभीको फेसलिफ्ट भर्सनमा महिन्द्राले विभिन्न फर्स्ट–इन–सेग्मेन्ट फिचर दिने भएको छ । यसमा सेग्मेन्टमै ठूलो पानारोमिक सन रुफ दिन लागिएको छ भने वायरलेस स्मार्टफोन कनेक्टिभिटी सहितको १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम समेत उपलब्ध हुनेछ ।
साथै यसमा १०.२५ इन्चकै डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डुअल जोन क्लाइमेट कन्ट्रोल, रियस एसी भेन्ट, टाइप–सी यूएसपी पोर्ट र ७ वटा स्पिकर सहित अपग्रेड गरिएको हर्मन कार्डोन म्यूजिक सिस्टम जस्ता सेग्मेन्टमै पहिलो फिचर समेत उपलब्ध हुनेछ । सेफ्टि फिचर अन्तर्गत यसमा ७ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र लेभल–२ एडिएएस फिचर सामेल हुनेछ ।
एक्सयुभी ३०० को रेगुलर भर्सनमा जस्तै यसमा पनि १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनको विकल्प पाइनेछ । उक्त एसयुभीले बजारमा हुन्डाई भेन्यू, किया सोनेट, मारुती ब्रेजा, टाटा नेक्सन र निसान म्याग्नाइट लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...