सावधान, नम्बर प्लेटमा जथाभावी लेखेमा ट्राफिक प्रहरीले कारवाही गर्नेछ
काठमाडौं – सवारी साधनको नम्बर प्लेटमा जथाभावी नलेख्न महानगरीय ट्राफिक...
काठमाडौं – शुक्रबार देखि ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम/एस आशिष–समानान्तर (जेभी)ले ठेक्का पाएको छ । फ्लाईओभरको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) जियोकम/बीडीए/रेज (संयुक्त)ले तयार गरेको हो ।
फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ । फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ । सो फ्लाइओभरको उचाइ ५।५ मिटरको हुनेछ ।
सडक विभागका अनुसार १४ महिनामा निर्माण सम्पन्न हुनेछ। १७ करोड ६८ लाख लगानीमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माण कम्पनीहरूले गत फागुनदेखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए। डिजाइन गत साता मात्रै सडक विभागबाट स्वीकृत भएको थियो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निर्माण कार्य सम्पन्न नभएसम्म ट्राफिक व्यवस्थापन मिलाउन सूचना समेत जारी गरेको छ।
प्रहरी कार्यालयले कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा जाने व्यवस्था मिलाएको छ। यस्तै साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फाष्टट्रयाकबाट चलाइने छ।
यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै सवारीलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै जान दिइने प्रहरी कार्यालयले जनाएको छ।
बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीलाई फाष्टट्रयाकबाट संचालन गरिने प्रहरी कार्यालयले जानकारी दिएको छ।
काठमाडौं – सवारी साधनको नम्बर प्लेटमा जथाभावी नलेख्न महानगरीय ट्राफिक...
काठमाडौं – काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य...
महानगरिय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...