बीएडब्लु ब्रम्बी ईभीको मूल्य २३ लाख
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने बीएडब्लुको ब्रम्बी ईभीको मूल्य २३...
चाइनिज ईभी ब्रान्ड होजोन अटोको स्वामित्वमा रहेको नेटा अटोले पहिलो इलेक्ट्रिक स्पोर्ट्स कार चीनमा सार्वजनिक गरेको छ । यो वर्षको पहिलो अर्धवार्षिक अवधि सम्म सो कारको डेलिभरी हुने अनुमान गरिएको छ ।
नेटाले अफिसियल रुपमा सो स्पोर्ट्स कार नेटा जीटी सार्वजनिक गरेको हो । दुई ढोका र चार सिट भएको सो अल इलेक्ट्रिक कार शान्हाई प्लेटफर्ममा बनेको दोस्रो मोडल हो । यो भन्दा पहिले नेटा एस सेडान यही प्लेटफर्ममा सार्वजनिक भएको थियो ।
कम्पनीले यो भन्दा पहिले प्रिभ्यु सार्वजनिक गर्दा यसको नाम ‘नेटा ई’ हुने भनेकोमा अब भने ‘नेटा जीटी’ नाम राखेको हो ।
नेटा जीटी सिंगल मोटर र ड्यु्अल मोटर भर्सनमा उपलब्ध हुनेछ । सिंगल मोटर भर्सनमा १७० किलोवाट र ड्युअल मोटर भर्सनमा ३४० किलोवाट सम्मको पावर हुनेछ ।
यसमा सीएटीएल र इभ इनर्जीको लिथियम आइरन फस्फेटका साथै टर्नरी ब्याट्री हुनेछ । यसमा ६४.२४, ७४.४८ र ७७.९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन हुनेछ र सिंगल चार्जमा क्रमशः ५६०, ५८० र ६६० किलोमिटरको रेन्ज दिनेछ ।
नेटाले आधिकारिक रुपमा यसको लन्च र डेलिभरी मिति वारेमा सार्वजनिक गरेको छैन । तर होजोन अटोका सीईओ झाङ योङले गत डिसेम्बरमा सो मोडलको मास प्रोडक्सन हुने र २०२३ को पहिलो अर्धवार्षिकमा डेलिभरी गरिने बताएका थिए ।
यसको मूल्यको वारेमा पनि अहिले केही बताइएको छैन । झाङले सो कार पहिलो वास्तविक स्पोर्ट्स कार हुने र चीनका युवाहरुले आफ्नो बनाउन सक्ने भनेका कारण यो क्रयशक्ति योग्य हुने अनुमान गरिएको छ ।
चीनको बजेट ईभी निर्माता कम्पनीको रुपमा नेटा परिचित छ । शुरुवाती चरणमा गाडी किन्न चाहनेहरुका लागि उपयुक्त मोडल नेटाले उत्पादन गर्दै आएको मानिन्छ ।
नेपाली बजारमा पनि नेटा भी र अन्य मोडल बिक्रीका लागि उपलब्ध छन् । सीजी मोटर्सले नेपाली बजारमा यो ब्रान्डका इलेक्ट्रिक सवारी साधन बिक्री–वितरण गर्दै आएको छ ।
आगामी दिनमा नेटा जीटी समेत नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने बीएडब्लुको ब्रम्बी ईभीको मूल्य २३...
काठमाडौं – चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान...
मारुती सुजुकीले इलेक्ट्रिक एसयूभी ई-भिटारा आधिकारिक रूपमा लन्च गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...