भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

टाटाले हाल भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ र हाल टियागो ईभी र नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने कुनै कार छैन । अहिलेसम्म टियागो ईभी र टिगोर ईभीका करिब ५० हजार युनिट बिक्री भइसकेको छ । तर अब टाटाका इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्न नयाँ ईभी चाँडै बजारमा आउने भएको छ ।

रेनोले ईभीको मागलाई ध्यानमा राख्दै १ वर्ष भित्र क्विड ईभी लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसको मूल्य भने खुलाएको छैन तर यो कारको मूल्य ८ लाख भारु भन्दा कम हुने अनुमान गरिएको छ । यसको डिजाइन अलि फरक हुनेछ र यसमा बम्पर, लाइट र ग्रिल परिवर्तन गरिनेछ ।

कारमा डिजाइन बाहेक अन्य धेरै परिवर्तनहरू पनि देखिनेछ । कारको सस्पेन्सन पनि परिवर्तन हुनेछ । यसमा क्विडमा आउने हम्पी फ्लोर हटाइएको छ । साथै यसको इन्टेरियरमा ठूलो इन्स्ट्रयुमेन्ट क्लस्टर दिइनेछ भने ड्राइभरको डिस्प्ले डिजिटल हुनेछ । कारमा ३ देखि ४ वटा ड्राइभिङ मोड पनि हुनेछ ।

युरोपेली बजारमा बिक्री हुने क्विड ईभीमा केही परिवर्तन गरेर भारतमा लन्च गर्न सक्ने अनुमान गरिएको छ । यसमा २६.८ किलोवाटको ब्याट्री प्याक दिइएको छ, जसले ४४ बीएचपीको पावर जेनेरेट गर्छ । उक्त ब्याट्री प्याकले कारलाई फुल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिन्छ । यद्यपि यसबारे कम्पनीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

रेनो क्विड ईभीले भारतमा टाटा टियागो ईभी, सिट्रोन ईसी३ र एमजी कमेटसँग सीधा प्रतिस्पर्धा गर्नेछ । रेनोको विज्ञप्ति अनुसार कम्पनी ईभी योजनाका साथ अगाडि बढिरहेको छ र आगामी दिनहरुमा भारतमा धेरै इलेक्ट्रिक कार लन्च गरिनेछ । रेनोको पहिलो इलेक्ट्रिक कार ६० प्रतिशतसम्म लोकलाइज रूपमा उत्पादन हुनेछ ।

सम्बन्धित समाचारहरू

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक कारले सबैको...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

एलएस अटोको चितवनमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ हुने

एलएस अटोको चितवनमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ हुने

काठमाडौं– चिनियाँ ईभी ब्रान्ड एलएस अटोले चितवनमा दुई दिने ‘टेस्ट ड्राइभ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...