भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

टाटाले हाल भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ र हाल टियागो ईभी र नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने कुनै कार छैन । अहिलेसम्म टियागो ईभी र टिगोर ईभीका करिब ५० हजार युनिट बिक्री भइसकेको छ । तर अब टाटाका इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्न नयाँ ईभी चाँडै बजारमा आउने भएको छ ।

रेनोले ईभीको मागलाई ध्यानमा राख्दै १ वर्ष भित्र क्विड ईभी लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसको मूल्य भने खुलाएको छैन तर यो कारको मूल्य ८ लाख भारु भन्दा कम हुने अनुमान गरिएको छ । यसको डिजाइन अलि फरक हुनेछ र यसमा बम्पर, लाइट र ग्रिल परिवर्तन गरिनेछ ।

कारमा डिजाइन बाहेक अन्य धेरै परिवर्तनहरू पनि देखिनेछ । कारको सस्पेन्सन पनि परिवर्तन हुनेछ । यसमा क्विडमा आउने हम्पी फ्लोर हटाइएको छ । साथै यसको इन्टेरियरमा ठूलो इन्स्ट्रयुमेन्ट क्लस्टर दिइनेछ भने ड्राइभरको डिस्प्ले डिजिटल हुनेछ । कारमा ३ देखि ४ वटा ड्राइभिङ मोड पनि हुनेछ ।

युरोपेली बजारमा बिक्री हुने क्विड ईभीमा केही परिवर्तन गरेर भारतमा लन्च गर्न सक्ने अनुमान गरिएको छ । यसमा २६.८ किलोवाटको ब्याट्री प्याक दिइएको छ, जसले ४४ बीएचपीको पावर जेनेरेट गर्छ । उक्त ब्याट्री प्याकले कारलाई फुल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिन्छ । यद्यपि यसबारे कम्पनीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

रेनो क्विड ईभीले भारतमा टाटा टियागो ईभी, सिट्रोन ईसी३ र एमजी कमेटसँग सीधा प्रतिस्पर्धा गर्नेछ । रेनोको विज्ञप्ति अनुसार कम्पनी ईभी योजनाका साथ अगाडि बढिरहेको छ र आगामी दिनहरुमा भारतमा धेरै इलेक्ट्रिक कार लन्च गरिनेछ । रेनोको पहिलो इलेक्ट्रिक कार ६० प्रतिशतसम्म लोकलाइज रूपमा उत्पादन हुनेछ ।

सम्बन्धित समाचारहरू

मासिक २४ हजार वा ३१ हजारमा रेनो काइगर लिन सकिने : यस्तो छ व्यवस्था

मासिक २४ हजार वा ३१ हजारमा रेनो काइगर लिन सकिने : यस्तो छ व्यवस्था

नेपाली बजारमा रेनो काइगर सिंगल टोन र डबल टोन तथा टर्बो पेट्रोल गरी तीन...

याडिया एक्सचेन्ज मेला शुरु : ३० हजार नगद छुट, ६.९९ प्रतिशत ब्याजदर

याडिया एक्सचेन्ज मेला शुरु : ३० हजार नगद छुट, ६.९९ प्रतिशत ब्याजदर

काठमाडौं – नेपालमा याडिया ब्रान्डका इलेक्ट्रिक स्कुटरको बिक्रेता कुजु...

रेनोले हाइड्रोजन कार ल्याउने, सार्वजनिक ग-यो कन्सेप्टको पहिलो टिजर

रेनोले हाइड्रोजन कार ल्याउने, सार्वजनिक ग-यो कन्सेप्टको पहिलो टिजर

रेनोले आगामी दिनमा कन्सेप्ट कारको टिजर इमेज सार्वजनिक गरेको छ । हेर्दा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...