नेपाली बजारमा भित्रियो पहिलो इलेक्ट्रिक पिकअप जेएसी ई–टी८, मूल्य र फिचर यस्तो

काठमाडौं – नेपाली बजारमा पहिलो इलेक्ट्रिक पिकअप भित्रिएको छ । दीगो ग्रुप अफ कम्पनिजले जेएसी ब्रान्डको इलेक्ट्रिक पिकअप ई–टी८ भित्र्याएको हो ।

६७.२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको सो इलेक्ट्रिक पिकअपमा ११० किलोवाटको मोटर रहेको छ । यसमा भएको ब्याट्रीलाई डीसी फास्ट चार्जिङमार्फत २ घण्टामा र एसी चार्जिङमार्फत साढे १६ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा ३ सय किलोमिटर दूरी पार गर्न सकिने कम्पनीको भनाइ छ ।

रिजेनेरेटिभ ब्रेकिङ सिस्टम र ब्रेक ओभरराइड सिस्टम जस्ता फिचर उपलब्ध यो पिकअपमा १९७ एमएमको ग्राउन्ड क्लियरेन्स छ भने ७ मिटरको टर्निङ रेडियस छ ।

९० किलोमिटर प्रतिघण्टा सम्मको उच्च गति भएको सो पिकअपमा इलेक्ट्रो हाइड्रोलिक पावर स्टेयरिङ छ । यसमा हेडरेस्ट सहितका सिट छन् । डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, रिभर्स क्यामेरा सहितको इन्फोटेनमेन्ट सिस्टम, सेन्ट्रल डोर लकिङ, डायमन्ड कट ड्युअल टोन अलोय ह्विल, ओआरभीएम सहित साइड इन्डिकेटर, एबीएस, एलईडी डीआरएल, एलईडी टेलल्याम्प, हेडल्याम्प लेभलिङ आदि फिचर उपलब्ध छन् ।

नेपालमा कर्पोरेट हाउस, गैरसरकारी संस्था, वातावरणीय संस्था, ठूला निर्माण कम्पनी आदिले यो पिकअप प्रयोग गर्ने कम्पनीको अपेक्षा छ । यसको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ ।

सन् १९६४ मे २० मा स्थापना भएको जेएसी मोटर्सले वार्षिक करिव ५ लाख युनिट गाडी उत्पादन गर्छ र विश्वका १३० भन्दा बढी देशमा यसका उत्पादन बिक्री हुन्छन् । यो चीनको टप ५ स्वतन्त्र कम्पनीमा पर्छ ।

सम्बन्धित समाचारहरू

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई...

सीजी मोटर्स र टीटी ग्लोबलले हस्तान्तरण गरे पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर

सीजी मोटर्स र टीटी ग्लोबलले हस्तान्तरण गरे पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर

काठमाडौं – नेपालमा केवाईसी, किङलङ, नेटा, दायुन, रिडारा, एक्सपेङ, जीएसी,...

क्यानडाले पनि चिनियाँ इलेक्ट्रिक गाडीमा कर लगाउने तयारी गर्दै

क्यानडाले पनि चिनियाँ इलेक्ट्रिक गाडीमा कर लगाउने तयारी गर्दै

क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारले चिनियाँ विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...