हिरो ब्रान्ड खोसिएको एनजीएमले अब जोनसेनका बाइक र स्कुटर नेपाल ल्याउने
काठमाडौं – नेपाली बजारमा लामो समय सम्म हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री...
लक्जरी कार निर्माता रोल्स रोयसले आफ्नो पहिलो इलेक्ट्रिक कार स्पेक्टर सार्वजनिक गरेको छ । यो इलेक्ट्रिक कार आगामी वर्षको अन्त्यसम्ममा बजारमा आउनेछ । कम्पनीले यसलाई ‘अल्ट्रा लक्जरी इलेक्ट्रिक सुपर कुपे’ भनेको छ ।
रोल्स रोयसको लक्जरी कार स्पेक्टर पूर्णतया आल्मुनियमको हुनेछ । यसको मूल्य फ्यान्टम र कुलिनान बीच हुनेछ ।
कम्पनीले सो इलेक्ट्रिक कारमा अहिलेसम्मकै चौडा ग्रिल दिएको छ । यसका साथै यसमा स्प्लिट हेडल्याम्प डिजाइन, हेडल्याम्प क्लस्टर, हाई माउन्टेड अल्ट्रा स्लिम एलईडी डीआरएलसहित २३ इन्चको पाङग्रा जडान गरिएको छ ।
हालसम्म सो एसयुभी करिब २५ लाख किलोमिटरसम्म चलाएर परीक्षण गरिएको छ । कम्पनीले यसको वारेमा धेरै जानकारी दिएको छैन । तर मिडिया रिपोर्टका अनुसार कारले यसमा जडान गरिएको मोटरबाट ५८५ बीएचपी र ९०० न्युटन मिटर टर्क जेनेरेट गर्नेछ ।
एकपटक चार्ज गरेपछि यो कार ५२० किलोमिटरसम्म चलाउन सकिन्छ । यो कारलाई ० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा पुग्न मात्र ४.५ सेकेन्ड लाग्छ ।
कम्पनीले हालसम्म सो इलेक्ट्रिक कार लन्च गर्ने बारे कुनै जानकारी दिएको छैन । तर मिडिया रिपोर्टका अनुसार यसलाई अर्को वर्ष लन्च गर्ने सम्भावना रहेको छ ।
काठमाडौं – नेपाली बजारमा लामो समय सम्म हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री...
काठमाडौं– फोटोन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि...
न्यु इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै सबैभन्दा प्रमुख सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...