विशेष फोर ह्विल ड्राइभ एड्भेन्चर कार्यक्रमका साथ रिडारा आरडी६ ईभी पिकअप सार्वजनिक
काठमाडौं – नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो...
हिरो मोटोकर्प, टीभीएस र बजाजले इलेक्ट्रिक स्कुटर पहिले नै लन्च गरिसकेका छन् । होन्डाले सन् २०२४ मा २ वटा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने पुष्टि गरेको छ । सुजुकीले पनि बर्गम्यान इलेक्ट्रिक स्कुटरको परीक्षण गरिरहेको छ ।
रिपोर्टका अनुसार सुजुकीले बर्गम्यान ई–स्कुटरमा विशेष प्रकारको ब्याट्री प्याक समावेश गर्नेछ । यद्यपि प्रोडक्सन स्पेक ई–बर्गम्यानमा बदल्न मिल्ने ब्याट्री प्याकको साथमा उपलब्ध हुनेछ । सुजुकीले बदल्न मिल्ने लिथियम–आयोन ब्याट्रीको क्षमताको बारेमा जानकारी दिएको छैन । बर्गम्यान इलेक्ट्रिक स्कुटरले ६० किमी प्रतिघण्टाको गतिमा ४४ किमीको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
सुजुकी बर्गम्यान ई–स्कुटरमा बदल्न मिल्ने ब्याट्री प्याक रहेको छ र ब्याट्रीलाई होन्डा मोबाइल पावर प्याक ई–स्वापिङ स्टेशनमा स्वाप गर्न र रिचार्ज गर्न सकिन्छ । ई–बर्गम्यानको अधिकतम पावर ४ केडब्ल्यु भएको दाबी गरिएको छ ।
इलेक्ट्रिक स्कुटरको तौल १४७ किलोग्राम छ । यसको सिटको उचाइ ७८० एमएम छ । सुजुकीले हाल टोकियोको जोनान क्षेत्रमा बर्गम्यान इलेक्ट्रिक स्कुटरको ८ युनिट परीक्षण गरिरहेको छ । यसको परीक्षण अप्रिल देखि जुन २०२३ सम्म हुनेछ ।
काठमाडौं – नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो...
काठमाडौं – पछिल्लो समय मोटर बीमाको व्यावसायिक आकार बढ्दै गएको छ । कुल...
काठमाडौँ– शशीला मोटर्स प्रालिले राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...