यस्तो हुनेछ सुजुकीको पहिलो ई–स्कुटर

हिरो मोटोकर्प, टीभीएस र बजाजले इलेक्ट्रिक स्कुटर पहिले नै लन्च गरिसकेका छन् । होन्डाले सन् २०२४ मा २ वटा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने पुष्टि गरेको छ । सुजुकीले पनि बर्गम्यान इलेक्ट्रिक स्कुटरको परीक्षण गरिरहेको छ ।

रिपोर्टका अनुसार सुजुकीले बर्गम्यान ई–स्कुटरमा विशेष प्रकारको ब्याट्री प्याक समावेश गर्नेछ । यद्यपि प्रोडक्सन स्पेक ई–बर्गम्यानमा बदल्न मिल्ने ब्याट्री प्याकको साथमा उपलब्ध हुनेछ । सुजुकीले बदल्न मिल्ने लिथियम–आयोन ब्याट्रीको क्षमताको बारेमा जानकारी दिएको छैन । बर्गम्यान इलेक्ट्रिक स्कुटरले ६० किमी प्रतिघण्टाको गतिमा ४४ किमीको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

सुजुकी बर्गम्यान ई–स्कुटरमा बदल्न मिल्ने ब्याट्री प्याक रहेको छ र ब्याट्रीलाई होन्डा मोबाइल पावर प्याक ई–स्वापिङ स्टेशनमा स्वाप गर्न र रिचार्ज गर्न सकिन्छ । ई–बर्गम्यानको अधिकतम पावर ४ केडब्ल्यु भएको दाबी गरिएको छ ।

इलेक्ट्रिक स्कुटरको तौल १४७ किलोग्राम छ । यसको सिटको उचाइ ७८० एमएम छ । सुजुकीले हाल टोकियोको जोनान क्षेत्रमा बर्गम्यान इलेक्ट्रिक स्कुटरको ८ युनिट परीक्षण गरिरहेको छ । यसको परीक्षण अप्रिल देखि जुन २०२३ सम्म हुनेछ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा एन्ड महिन्द्राले आफ्नो चर्चित अफरोड एसयूभी थारलाई इलेक्ट्रिक...

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...

एक साता सम्म लिपमोटर सी१० विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने

एक साता सम्म लिपमोटर सी१० विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने

काठमाडौं – लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...