२५० किमी रेन्ज दिने भारतको पहिलो क्रुजर इलेक्ट्रिक बाइक र भेनिस ई–स्कुटर सार्वजनिक

कोमाकीले आफ्नो पहिलो इलेक्ट्रिक क्रुजर बाइक कोमाकी रेन्जर भारतमा लन्च गरेको छ । यो बाइक भारतमा १ लाख ६८ हजार भारुमा लन्च गरिएको हो । कम्पनीका अनुसार यो इलेक्ट्रिक क्रुजर बाइक आज देखि कोमाकीको डिलरसिपमा बिक्रीको लागि उपलब्ध गराइनेछ । सो बाइक ३ रङमा उपलब्ध छ ।

कोमाकी रेन्जरमा ४ हजार वाटको इलेक्ट्रिक मोटरसहित ४ किलोवाटको ब्याट्री जडान गरिएको छ । कम्पनीले जारी गरेको तथ्यांक अनुसार कोमाकी रेन्जरले फुल चार्जमा २५० किलोमिटरको रेन्ज दिनेछ ।

सो क्रुजर बाइकमा क्रुज कन्ट्रोल सिस्टम, रिपेयर स्विच, रिभर्स स्विच र ब्लुटुथ साउन्ड सिस्टम तथा एड्भान्स ब्रेकिङ सिस्टम जस्ता फिचर समावेश छन् । रेन्जरको डिजाइन र विकासमा कोमाकीले ७ करोड भारु भन्दा बढी लगानी गरेको थियो ।

कम्पनीले कोमाकी भेनिस इलेक्ट्रिक स्कुटर १ लाख १५ हजार भारुमा लन्च गरेको छ । यो भारतमा कम्पनीको हाई स्पिड स्कुटर सेगमेन्टमा तेस्रो इलेक्ट्रिक स्कुटर हो र यो ९ रङमा पेश गरिएको छ । कोमाकी भेनिस इलेक्ट्रिक स्कुटरमा आधुनिक रेट्रो डिजाइन र नयाँ फिचर जोडिएको छ ।

सो इलेक्ट्रिक स्कुटरमा ३ किलोवाटको मोटर र २.९ किलोवाटको लिथियम आयोन ब्याट्री प्याकको जडान गरिएको छ । स्कुटरमा रिपेयर स्विच, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, रिभर्स स्विच र ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर समावेश छन् । यसको साथै स्कुटरमा सेल्फ डायग्नोसिस सिस्टम, मोबाइल चार्जिङ प्वाइन्ट, साइड स्ट्यान्ड सेन्सर, क्रुज कन्ट्रोल फिचर, एन्टी थेफ्ट लक सिस्टम र ड्युअल स्टोरेज बक्स पनि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

चर्चामा चांगानको मिराकल ब्याट्री, सिंगल चार्जमा १५ सय किमी चल्ने चर्चाले हंगामा

चर्चामा चांगानको मिराकल ब्याट्री, सिंगल चार्जमा १५ सय किमी चल्ने चर्चाले हंगामा

चिनियाँ ईभी निर्माता कम्पनी चांगानले विश्व बजारमा ल्याउने तयारीका साथ...

१९ लाख ५० हजारमै डेरी ब्रान्डको इलेक्ट्रिक कार नेपालमा

१९ लाख ५० हजारमै डेरी ब्रान्डको इलेक्ट्रिक कार नेपालमा

काठमाडौं – नेपाली बजारमा उपलब्ध डेरी ब्रान्डको इलेक्ट्रिक कारको नयाँ...

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

काठमाडौं – चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...