बीवाईडीका इलेक्ट्रिक कार किन्न एनएमबि बैंकले निश्चित दरमा फाइनान्स गर्ने
काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
कोमाकीले आफ्नो पहिलो इलेक्ट्रिक क्रुजर बाइक कोमाकी रेन्जर भारतमा लन्च गरेको छ । यो बाइक भारतमा १ लाख ६८ हजार भारुमा लन्च गरिएको हो । कम्पनीका अनुसार यो इलेक्ट्रिक क्रुजर बाइक आज देखि कोमाकीको डिलरसिपमा बिक्रीको लागि उपलब्ध गराइनेछ । सो बाइक ३ रङमा उपलब्ध छ ।
कोमाकी रेन्जरमा ४ हजार वाटको इलेक्ट्रिक मोटरसहित ४ किलोवाटको ब्याट्री जडान गरिएको छ । कम्पनीले जारी गरेको तथ्यांक अनुसार कोमाकी रेन्जरले फुल चार्जमा २५० किलोमिटरको रेन्ज दिनेछ ।
सो क्रुजर बाइकमा क्रुज कन्ट्रोल सिस्टम, रिपेयर स्विच, रिभर्स स्विच र ब्लुटुथ साउन्ड सिस्टम तथा एड्भान्स ब्रेकिङ सिस्टम जस्ता फिचर समावेश छन् । रेन्जरको डिजाइन र विकासमा कोमाकीले ७ करोड भारु भन्दा बढी लगानी गरेको थियो ।
कम्पनीले कोमाकी भेनिस इलेक्ट्रिक स्कुटर १ लाख १५ हजार भारुमा लन्च गरेको छ । यो भारतमा कम्पनीको हाई स्पिड स्कुटर सेगमेन्टमा तेस्रो इलेक्ट्रिक स्कुटर हो र यो ९ रङमा पेश गरिएको छ । कोमाकी भेनिस इलेक्ट्रिक स्कुटरमा आधुनिक रेट्रो डिजाइन र नयाँ फिचर जोडिएको छ ।
सो इलेक्ट्रिक स्कुटरमा ३ किलोवाटको मोटर र २.९ किलोवाटको लिथियम आयोन ब्याट्री प्याकको जडान गरिएको छ । स्कुटरमा रिपेयर स्विच, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, रिभर्स स्विच र ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर समावेश छन् । यसको साथै स्कुटरमा सेल्फ डायग्नोसिस सिस्टम, मोबाइल चार्जिङ प्वाइन्ट, साइड स्ट्यान्ड सेन्सर, क्रुज कन्ट्रोल फिचर, एन्टी थेफ्ट लक सिस्टम र ड्युअल स्टोरेज बक्स पनि उपलब्ध छन् ।
काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ ।...
मर्सिडीज बेन्ज ईक्युएस ५८० शानदार रेन्जको लागि निकै लोकप्रिय एसयूभी हो ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...