युरोपमा पुराना चिनियाँ ईभीको मागमा उच्च बृद्धि, कारण के ?
काठमाडौं–चीनमाा पुराना ईभीको मागमा उच्च बृद्धि देखिएको छ । चिनियाँ ईभीमा...
अटो एक्सपो २०२३ मा लाइगरले सेल्फ व्यालेन्सिङ टेक्नोलोजी भएको स्कुटर सार्वजनिक गरेको छ । विश्वमै पहिलोपटक यो प्रविधीको स्कुटर आफूहरुले निर्माण गरेको कम्पनीले दावी गरेको छ । स्कुटरको गति कम हुने वित्तकै स्वत आफै व्यालेन्समा आउनका लागी यसमा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) प्रविधी जडान गरिएको छ ।
यो एक्स र एक्स प्लस गरी कुल २ भेरिएन्टमा उपलब्ध रहेको छ । यी दुवै भेरिएन्टमा भारतको मौसम सुहाउँदो लिक्विड कुल्ड लिथियम आयोनि व्याट्री प्याक जडान गरिएको छ । यसमा जडान गरिएको व्याट्रको साइजवारे भने हालसम्म कुनै जानकारी वाहिर आएको छैन ।
यसको एक्स भेरिएन्टले ६० किलोमिटर र एक्स प्लसले १०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । स्कुटरलाई ६५ किलोमिटर प्रतिघण्टा सम्मको गतिमा हाँक्न सकिन्छ । यसको मूल्य ९० हजार भारु देखी शुरु हुने जनाइएको छ । कम्पनीका को–फाउन्डर आसुतोष उपाध्यायका अनुसार यो स्कुटर वर्षमा जम्मा २० हजार युनिटमात्र उत्पादन गरिनेछ ।
मोर्डन फिचरका साथ रेट्रो डिजाइनमा आएको यो नयाँ स्कुटरमा डेल्टा आकारको एलइडी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, एलइडी टेल लाइट र एलइडी नै टर्न इन्डिकेटर दिइएको छ । स्कुटरमा पूर्णत डिजिटल टिएफटी इन्स्ट्रयूमेन्ट क्लस्टर, टर्न वाई टर्न नेभिगेसन, फराकिलो सिट र फोजी एवं जिपिएस सपोर्ट लगायत फिचर सामेल गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...