बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अटो पत्रकार संघ (जाम) नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काभ्रेको पनौतीमा शनिबार संस्थाका अध्यक्ष उज्ज्वलजंग शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा संस्थाको पहिलो स्थापना दिवससमेत मनाइएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शाहले अटो पत्रकारितामा सक्रिय पत्रकारहरुलाई संस्थागत गर्न जाम नेपालको स्थापना भएको बताउँदै अटो पत्रकारिताको विकासमा संस्थाले काम गर्दै अगाडि बढ्ने धारणा राखे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेन्द्र पौडेल, महासचिव सागर गजुरेल, सचिव तोयानाथ पौडेललगायतले बोलेका थिए । साधारणसभाले महासचिव र कोषाध्यक्षको प्रतिबेदन सर्वसम्मत पारित गरेको छ ।
त्यस्तै, संस्थाले आगामी दिनमा सदस्यता वृद्धिसँगै अन्य वार्षिक कार्यक्रम तय गर्ने महासचिव गजुरेलले जानकारी दिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...