सामान्य र टर्बोचार्ज्ड इन्जिनमा के फरक छ ?
कारमा धेरै प्रकारका इन्जिनहरू हुन्छन् । तर मुख्यतया कारमा सामान्य र...
काठमाडौं – नेकपा एमालेका युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले विकास प्रक्रियामा ढिलो हिडेको कारण नै नेपालमा हेभी इक्विपमेन्ट व्यवसायीहरु पनि संगठित हुन ढिलाई भएको बताएका छन् ।
नेपाल हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले सो कुरा बताएका हुन् । उनले आफू करिव २० वर्ष भन्दा पहिले गाविस अध्यक्ष हुँदा र अहिलेको हेभी इक्विपमेन्टको भाडा उही नै भएको बताउदै यसको कारण खोजी गर्न व्यवसायीलाई आग्रह गरे ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अहिले कार भन्दा पनि सस्तो मूल्यमा डोजर लगायतका हेभी इक्विपमेन्ट नेपालमा उपलब्ध भइरहेकोमा खुसी व्यक्त गर्दै यसबाट देश विकास कार्यमा सहयोग गर्न आग्रह गरे ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले यस्ता इक्विपमेन्ट बेच्ने मात्र नभएर यसका लागि आवश्यक मर्मतको व्यवस्था समेत गर्न आयातकर्ता कम्पनीहरुलाई आग्रह गर्दै व्यवसायी र मेकानिक्सहरुले आफू बीचमै भएको अस्वस्थ प्रतिस्पर्धा हटाउनु पर्ने बताए ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले यो क्षेत्रमा कार्यरत व्यवसायीका साथै मेकानिक्स, पार्ट्स व्यवसायी सबैलाई समेटेर महासंघ अगाडि बढ्ने तयारी गरिरहेको बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष अनिल दोर्जे लामाले पहिले अटो मेकानिक्सले मात्र मर्मत कार्य गरिरहेकोमा अब देशभर मेसिन समेत बढ्दै जादा यो क्षेत्रमा छुट्टै मेकानिक्सको आवश्यकता भएको र त्यही अनुसार तयारी गर्नु परेको बताए ।
नेपालमा विभिन्न निर्माण क्षेत्रमा प्रयोग हुने एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर आदि हेभी इक्विपमेन्टको मर्मत कार्यमा संलग्न व्यवसायीहरु मिलेर २०७७ माघ २५ गते नेत्रबहादुर अधिकारीको अध्यक्षतामा हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको गठन भएको थियो । आज संघको प्रथम अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले नेत्रबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन समेत गरेको छ । संघको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा ऐनबहादुर राउत, सह–सचिवमा खड्गबहादुर कार्की, कोषाध्यक्षमा शालिगराम श्रेष्ठ, सह–कोषाध्यक्षमा राजकुमार लामा र सदस्यहरुमा अरुण उन्लक, रवीन्द्र चौलागाई र सुरेन्द्र तामाङ चयन भएका छन् । दुई जना सदस्य पछि समितिबाट मनोनित हुने अध्यक्ष अधिकारीले बताए ।
कारमा धेरै प्रकारका इन्जिनहरू हुन्छन् । तर मुख्यतया कारमा सामान्य र...
जाडो मौसम सकिन लागेको छ र गर्मीका दिनहरु आउन थालेका छन् । गर्मीमा तापक्रमका...
काठमाडौं महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...