ट्राफिक नियम उल्लङ्घन गर्दा लाग्ने जरिवाना र सजाय कडा

सडक दुर्घटनाका कारण हरेक महिना धेरै धनजनको क्षति, घाइते तथा मृत्यु हुने गरेको छ। त्यसैले सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले विभिन्न कडा उपायहरू अपनाएको छ। ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ। नेपालमा हुने सजायकाे चर्चा भइरहन्छ । भारतमा नियम तोड्दा लाग्ने जरिवाना र सजायहरू निम्नानुसार छन्:

हेलमेट नलगाएकोमा सजाय : दुई पाङ्ग्रे सवारी साधन चलाउँदा हेलमेट नलगाएमा १ हजार भारु जरिवाना तिर्नुपर्छ । साथै लाइसेन्स तीन महिनाको लागि रद्द पनि हुन सक्छ । 

गाडी चलाउँदै फोन प्रयोग गरेमा : गाडी चलाउँदै मोबाइल फोन प्रयोग गरेको पाइएमा ५ हजार भारु जरिवाना लाग्न सक्छ । 

कागजातहरूको अभाव : लाइसेन्स नभएको खण्डमा ५ हजार भारु जरिवाना तिर्नुपर्छ र बीमा नभएको खण्डमा २ हजार भारु जरिवाना तिर्नुपर्छ । साथै तीन महिनाको जेल सजाय र सामुदायिक सेवाको सजाय पनि हुन सक्छ। प्रदूषण प्रमाणपत्र नभएमा १० हजार भारु जरिवाना र सामुदायिक सेवा सहित ६ महिनाको जेल सजाय हुन सक्छ । यदि बीमा बिना पक्राउ पर्नुभयो भने ४ हजार भारु जरिवाना तिर्नु पर्छ ।

ट्रिपल राइडिङ, खतरनाक ड्राइभिङ र रेसिङ : दुई पाङ्ग्रे सवारी साधनमा ट्रिपल राइडिङ चलाएको पाइएमा १ हजार भारु जरिवाना तिर्नुपर्नेछ । साथै खतरनाक ड्राइभिङ वा रेसिङ गर्दै गरेको पाइएमा ५ हजार भारु जरिवाना हुनेछ । एम्बुलेन्स जस्ता आपतकालीन सवारी साधनलाई बाटो नदिएमा १० हजार भारु जरिवाना तिर्नुपर्नेछ ।

सिग्नल ब्रेकिङ र ओभरलोडिङ : ट्राफिक नियम अनुसार सिग्नल तोड्दा ५ हजार भारु जरिवाना र सवारी साधनमा ओभरलोड गरेमा २० हजार भारु जरिवाना तिर्नुपर्नेछ।

साना अपराधी : नाबालिगले ट्राफिक नियम तोड्यो भने २५ हजार भारु जरिवाना, ३ वर्षको जेल सजाय, सवारी दर्ता रद्द र २५ वर्षको उमेर नपुगुन्जेल लाइसेन्स जारी नगर्ने जस्ता सजाय लागू हुने गर्छ ।

ट्राफिक नियम पालना गर्नु सुरक्षित यात्राको प्रमुख आधार हो। नियम पालना गरेर आफैं सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्।

सम्बन्धित समाचारहरू

पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र गरिने

पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र गरिने

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य...

पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

काठमाडाैं । तातोपानी नाका भएर पहिलोपटक हेलिकोप्टर नेपालमा आयात भएको छ ।...

गतिमा नियन्त्रण, जीवनमा सन्तुलन: सडक सुरक्षा र जीवन रक्षाका उपायहरू

गतिमा नियन्त्रण, जीवनमा सन्तुलन: सडक सुरक्षा र जीवन रक्षाका उपायहरू

आजको व्यस्त जीवनशैलीमा समयको मूल्य सबैले बुझ्छन् । तर विडम्बना के छ भने,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...