असोज ६ देखी ९ गतेसम्म इभी एक्सपो आयोजना हुने
नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक इभी एक्सपो आयोजना गर्ने भएको...
काठमाडौँ – अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका थापाथलीस्थित विभिन्न अटोमोबाइल कम्पनीका शोरुमहरुका स्थलगत अवलोकन गरेका छन्।
खनालले थापाथलीस्थित अटो हबमा पुगेर टाटा, हुन्डाई, सुजुकी, आयोन, एक्सपेङ, महिन्द्रालगायतका शोरुमको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले आगलागीले पु-याएको क्षति नजिकैबाट बुझेका छन्। उनले सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।
अर्थसचिव घनश्याम उपाध्यायसहितको टोलीमा सहभागी खनाललाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीसहितका व्यवसायीहरुले विस्तृत जानकारी दिएका थिए।
भदौ २४ गते भएको आन्दोलनका क्रममा थापाथली क्षेत्रमा रहेका दर्जन बढी शोरुममा आगजनी र तोडफोड भएको थियो । जसबाट व्यवसायीले करोडौं क्षति व्यहोर्नुपरेको छ ।
नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक इभी एक्सपो आयोजना गर्ने भएको...
काठमाडौं–नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले यातायात व्यवस्था विभागका...
संघीय सरकारले आज संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...