टोयोटाका ईभी र हाइब्रिड एसयूभीमा समस्या, १.७६ लाख गाडी फिर्ता
काठमाडौं–जापानी अटो निर्माता टोयोटाले चीनमा बिक्री भएका १ लाख ७६ हजार ७३७...
टोयोटाले पाँचौ जेनेरेसन प्रियस कारको तस्बिरका साथ विभिन्न विवरण सार्वजनिक गरेको छ । नयाँ टोयोटा प्रियस प्लग–इन हाइब्रिड सेटअपका साथै अन्य २ स्ट्रङ हाइब्रिड पावरट्रेनको साथ आउनेछ ।
टोयोटाको नयाँ प्रियस हाल कम्पनीले बजारमा ल्याएको फुल ईभी बीजेड४एसबाट प्रेरित छ । सो मोडल हालको मोडलको तुलनामा सानो छ, यद्यपि क्याबिनमा थप स्पेसको लागि ह्विलबेस बढाइएको छ । ड्यासबोर्डमा वार्निङ सिस्टम पनि छ जसले कारको नजिक केही आएमा चालकलाई सतर्क गराउँछ ।
टोयोटा प्रियस प्लग–इन हाइब्रिड पावरट्रेनमा २.०–लिटर ४–सिलिन्डर इन्जिन छ । सो इन्जिनले २२० बीएचपी पावर जेनेरेट गर्छ । प्लग–इन हाइब्रिड सेटअपमा १३.६ केडब्ल्युएचको ब्याट्रीको साथमा उपलब्ध हुनेछ । जसलाई पछाडिको सिटमा राखिनेछ । नयाँ मोडलले पुरानो मोडलको तुलनामा ५० प्रतिशत बढी रेन्ज दिने दाबी गरिएको छ । सो कार फुल ईभी मोडमा ९० किलोमिटरसम्म चल्न सक्छ । प्लग–इन हाइब्रिडमा सोलार रूफ प्यानलसहित पेश गर्नेछ ।
स्ट्रङ हाइब्रिड भर्सनमा १.८ लिटर र २.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । यसले १९४ बीएचपीसम्मको पावर जेनेरेट गर्छ । सो दुवै भर्सनमा टोयोटाको ई–फोर एडब्ल्यूडी टेक्नोलोजीमा उपलब्ध हुनेछ ।
नयाँ प्रियसको अगाडि मोनोकुलर क्यामेरा, डिजिटल इनर मिररका लागि रियर फेसिङ क्यामेरा र कारभित्र ड्राइभ रेकर्डर समावेश छ । यसमा टोयोटा टिममेट सिस्टम पनि छ जसमा रिमोट फङसन सहितको एडभान्स पार्क समावेश छ, जसले पार्किङ गर्दा प्रियसलाई अटोमेटिक कन्ट्रोल गर्न सक्छ ।
टोयोटाले सो कार कहिले बजारमा आउछ भन्ने वारेमा केही नबताए पनि आगामी सन् २०२३ को प्रारम्भतिरै यो कार बजारमा आउने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...