इलेक्ट्रिक क्रसओभरको रुपमा २०२४ मा पुनरागमन गर्दै फिएट पान्डा

अर्को वर्ष अर्थात जुलाई ११, २०२४ मा फिएटको १२५औं वार्षिकोत्सव हो । सो अवसरमा सबैलाई सरप्राइज दिने गरी फिएटले ‘भेरी स्पेसल’ सार्वजनिक गर्ने समाचार सार्वजनिक भएका छन् ।

फिएट पान्डा जस्तो देखिने सो कारको लुकले अहिले चर्चा पाएको छ । फिएटका बोस ओलिभर फ्रान्कोइसले पनि यो कुराको पुष्टि गरेका छन् । आफूहरले बी–सेगमेन्टको कार बजारमा ल्याउने तयारी गरेको उनले बताएका छन् ।

यसको लम्बाई करिव ४ मिटरको हुने र पान्डा जस्तै एप्रोच हुने उनको भनाइ छ । यस अनुसार फिएट पान्डा अर्को वर्ष क्रसओभर गाडीको रूपमा पुनरागमन गर्ने तयारीमा छ जसले डासिया सान्डेरोलाई टक्कर दिनेछ। यो कारले सन् २०१९ मा सार्वजनिक गरिएको सेन्टोभेन्टी कन्सेप्टबाट प्रेरणा लिनेछ र पान्डा जस्तो भविष्यको डिजाइन देखाएको छ।

पान्डाको इलेक्ट्रिक भर्सन उपलब्ध हुनेछ र यसको मूल्य हालको इन्ट्री लेवल फिएट ५०० ईभी भन्दा कम हुनेछ । सो गाडी ल्याटिन अमेरिका, मिडिल इस्ट र एसियामा उपलब्ध हुनेछ । त्यसैगरी यो जिप एभेन्जर र ६०० जस्तै सीएमपी प्लेटफर्ममा आधारित हुनेछ । यस अनुसार यो इलेक्ट्रिक र कम्बसन दुवै पावरट्रेनमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

स्कोडा अटो र फक्स्वागनलाई भारतमा १.४ बिलियन अमेरिकी डलर कर छलीको आरोप

स्कोडा अटो र फक्स्वागनलाई भारतमा १.४ बिलियन अमेरिकी डलर कर छलीको आरोप

भारत सरकारले १.४ बिलियन अमेरिकी डलर कर छली गरेको आरोपमा फक्सवागनलाई नोटिस...

२ करोड भन्दा कम मूल्यमै नेपालमा उपलब्ध हुने भयो ७ सिटर एसयूभी जिप मेरिडियन

२ करोड भन्दा कम मूल्यमै नेपालमा उपलब्ध हुने भयो ७ सिटर एसयूभी जिप मेरिडियन

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने जिपको नयाँ ७ सिटर एसयूभी मेरिडियनको...

स्कोडाले ल्यायो इन्फोटेन्मेन्टबाटै इन्धनको विल भुक्तानी गर्न मिल्ने नयाँ फिचर

स्कोडाले ल्यायो इन्फोटेन्मेन्टबाटै इन्धनको विल भुक्तानी गर्न मिल्ने नयाँ फिचर

स्कोडाले कारमा जडित इन्फोटेन्मेन्टबाटै इन्धनको बिल भुक्तानी गर्न मिल्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...