चर्चामा फिएट : भारतमा पुनरागमन हुन सक्ने अनुमान

एफसीएको मूल कम्पनी स्टेलान्टिसले फिएट ब्रान्डलाई भारतमा पुनः लन्च गर्ने तर्फ ध्यान दिइरहेको अनुमान गरिएको छ ।

इटालियन–अमेरिकी कार निर्माता कम्पनी फिएट भारतमा कमजोर बिक्री, पुरानो उत्पादन र बीएस ६ उत्सर्जन मापदण्डको कार्यान्वयनका कारण २०१९ को शुरुमा भारतम बन्द गर्नु परेको थियो । हालैको रिपोर्टका अनुसार उक्त ब्रान्ड लन्च गर्ने तर्फ ध्यान दिइरहेको अनुमान गरिएको हाे ।

कम्पनीले भारतमा स्पोर्ट्स कारका लागि प्रख्यात लक्जरी ब्राण्ड अल्फा रोमियो पनि ल्याउन सक्ने अनुमान छ । अल्फा रोमियो २०१७ देखि एफसीएको स्वामित्वमा छ ।

विश्वमा हाल अल्फा रोमियो मोडलमा टोनेल हाइब्रिड, टोनल प्लस इन हाइब्रिड ४ क्यु, स्टेल्भियो, गियलिया क्वाड्रिफोग्लियो, स्टेलिभ्यो क्वाड्रिफोग्लियो, गियलिया र अन्य मोडल उपलब्ध छ ।

भारतमा पुनरागमनको लागि स्टेलान्टिसले भारतमा अवस्थित फिएट ग्राहकलाई सक्रिय रूपमा समर्थन गरिरहेको छ । यसका साथै कम्पनीले भारतीय बजारको लागि जीप र सिट्रोइन ब्रान्डमा पनि केन्द्रित रहेको छ ।

विश्व बजारमा फिएटको एसयुभी निकै लोकप्रिय छ । यसैलाई ध्यानमा राख्दै कम्पनीले भारतीय बजारमा फिएट मोडल लन्च गर्न लागेको हो ।

भारतमा फिएट अबार्थ ५९५, स्पोर्टी ४ सीटर ह्याचब्याक, फिएट पुन्टो अबार्थ, फिएट सिएना, फिएट पालियो र फिएट लिनिया जस्ता मोडल भारतमा पुनरागमन हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

सितापाइलामा खुल्यो स्कोडाको अत्याधुनिक र सुबिधासम्पन्न सर्भिस सेन्टर

सितापाइलामा खुल्यो स्कोडाको अत्याधुनिक र सुबिधासम्पन्न सर्भिस सेन्टर

स्कोडा गाडीको नेपालका लागी आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले...

हुन्डाई क्रेटा र किया सेल्टोको बजारमा जिपको नजर : चाँडै कम मूल्यको एसयूभी लन्च गर्ने

हुन्डाई क्रेटा र किया सेल्टोको बजारमा जिपको नजर : चाँडै कम मूल्यको एसयूभी लन्च गर्ने

हुन्डाई क्रेटा र किया सेल्टोस हाल बजारमा निकै नै लोकप्रिय एसयूभी हुन् । यी...

स्कोडा कुशाकमा अफर : अहिले किने ६ महिना पश्चात मात्र ईएमआई तिर्न सकिने

स्कोडा कुशाकमा अफर : अहिले किने ६ महिना पश्चात मात्र ईएमआई तिर्न सकिने

काठमाडौं – स्कोडको नेपाली बजारमा रहेको लोकप्रिय एसयूभी कुशाक किन्नेले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...