सुन्दर यातायातले ल्यायो अर्को इलेक्ट्रिक स्कुटर, कुलमानले गरे सार्वजनिक

काठमाडौं – सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले फियाडो ब्रान्डको आर्चर मोडलको विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरे ।

सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालमा हाल विद्युत समेत प्रशस्तै मात्रामा भएको र विद्युतीय सवारी साधन समेत बढ्दै गएको अवस्थामा सबैले यसको प्रवद्र्धनमा लाग्नु पर्ने बताए ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले नेपाली बजारमा विभिन्न मोडलका विद्युतीय सवारी साधन र त्यसका लागि आवश्यक चार्जिङ स्टेसनको प्रवद्र्धनमा आफूहरु लागिरहेको बताउदै सबैले वातावरणमैत्री सवारी साधनको प्रवद्र्धनमा लाग्नु पर्ने बताए ।

आर्चर विद्युतीय स्कुटरमा १५ सय वाटको हब मोटर प्रयोग गरिएको छ । यसमा प्रयोग भएको ४८ भोल्टको लिथियम आयोन ब्याट्रीमार्फत सिंगल चार्जमा १२० किलोमिटर चलाउन सकिन्छ । ब्याट्रीको क्षमता १० किलोवाट आवर छ । यसलाई ३ घण्टा ४५ मिनेट भित्र फुल चार्ज गर्न सकिन्छ ।

यसले ३५०० आरपीएममा ५.४४ किलोवाटको पिक पावर दिन्छ भने २९ एनएम टर्क जेनेरेट गर्छ । यसलाई ६० किलोमिटर प्रतिघण्टाको गति सम्म चलाउन सकिन्छ ।

यसको ब्याट्रीमा ३ वर्षको वारेन्टी उपलब्ध छ । यो स्कुटरको मूल्य २ लाख ४४ हजार रुपैयाँ तोकिएको छ ।

यो स्कुटरमा ईबीएस अर्थात इलेक्ट्रिक ब्रेकिङ सिस्टम, डिजिटल डिस्प्ले स्पिडोमिटर, रिमोट लकिङ र एन्टी थेफ्ट बजर सिस्टम, हेभी ड्युटी फ्रेम बडी, ट्युबलेस टायर, अलोय ह्विल, डीआरएल सहितको एलईडी लाइट, युएसबी चार्जर, डिस्क ब्रेक आदि फिचर उपलब्ध छन् ।

यो स्कुटरलाई ड्राइभिङ मोड, टर्क बुस्टर मोड, रिभर्स मोड, क्रुज मोड र पार्किङ मोड गरी ५ पावर मोडमा चलाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो बन्यो टाटा नानोको ईभी अवतार

यस्तो बन्यो टाटा नानोको ईभी अवतार

टाटा मोटर्सले सर्वसाधारणलाई सुविधा दिनका लागि नानो कार सार्वजनिक गरेको...

‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

काठमाडौं – गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ लाई नेपाली...

हुवावेसँग साझेदारीसँगै सेरेसको नाफामा वृद्धि

हुवावेसँग साझेदारीसँगै सेरेसको नाफामा वृद्धि

चाइनिज ईभी निर्माता कम्पनी सेरेसले टेक्नोलोजी जायन्ट हुवावेसँग साझेदारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...