सुन्दर यातायातले ल्यायो अर्को इलेक्ट्रिक स्कुटर, कुलमानले गरे सार्वजनिक

काठमाडौं – सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले फियाडो ब्रान्डको आर्चर मोडलको विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरे ।

सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालमा हाल विद्युत समेत प्रशस्तै मात्रामा भएको र विद्युतीय सवारी साधन समेत बढ्दै गएको अवस्थामा सबैले यसको प्रवद्र्धनमा लाग्नु पर्ने बताए ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले नेपाली बजारमा विभिन्न मोडलका विद्युतीय सवारी साधन र त्यसका लागि आवश्यक चार्जिङ स्टेसनको प्रवद्र्धनमा आफूहरु लागिरहेको बताउदै सबैले वातावरणमैत्री सवारी साधनको प्रवद्र्धनमा लाग्नु पर्ने बताए ।

आर्चर विद्युतीय स्कुटरमा १५ सय वाटको हब मोटर प्रयोग गरिएको छ । यसमा प्रयोग भएको ४८ भोल्टको लिथियम आयोन ब्याट्रीमार्फत सिंगल चार्जमा १२० किलोमिटर चलाउन सकिन्छ । ब्याट्रीको क्षमता १० किलोवाट आवर छ । यसलाई ३ घण्टा ४५ मिनेट भित्र फुल चार्ज गर्न सकिन्छ ।

यसले ३५०० आरपीएममा ५.४४ किलोवाटको पिक पावर दिन्छ भने २९ एनएम टर्क जेनेरेट गर्छ । यसलाई ६० किलोमिटर प्रतिघण्टाको गति सम्म चलाउन सकिन्छ ।

यसको ब्याट्रीमा ३ वर्षको वारेन्टी उपलब्ध छ । यो स्कुटरको मूल्य २ लाख ४४ हजार रुपैयाँ तोकिएको छ ।

यो स्कुटरमा ईबीएस अर्थात इलेक्ट्रिक ब्रेकिङ सिस्टम, डिजिटल डिस्प्ले स्पिडोमिटर, रिमोट लकिङ र एन्टी थेफ्ट बजर सिस्टम, हेभी ड्युटी फ्रेम बडी, ट्युबलेस टायर, अलोय ह्विल, डीआरएल सहितको एलईडी लाइट, युएसबी चार्जर, डिस्क ब्रेक आदि फिचर उपलब्ध छन् ।

यो स्कुटरलाई ड्राइभिङ मोड, टर्क बुस्टर मोड, रिभर्स मोड, क्रुज मोड र पार्किङ मोड गरी ५ पावर मोडमा चलाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा चर्चामा रहेको ईभी मलेसियामा लन्च

नेपाली बजारमा चर्चामा रहेको ईभी मलेसियामा लन्च

मलेसियामा औपचारिक रुपमा डोङफेङ बक्स ईभी लन्च भएको छ । सन् २०२२ देखि...

दुई वर्षभित्र कियाले भारतमै इलेक्ट्रिक कारको उत्पादन शुरु गर्ने, नयाँ एसयूभी र एमपिभी ल्याउने तयारी

दुई वर्षभित्र कियाले भारतमै इलेक्ट्रिक कारको उत्पादन शुरु गर्ने, नयाँ एसयूभी र एमपिभी ल्याउने तयारी

कोरियन अटो निर्माता कियाले २०२५ भित्र भारतमै इलेक्ट्रिक कारको उत्पादन...

सेरेस ३ बन्यो ४६६० मिटर उचाईको कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी

सेरेस ३ बन्यो ४६६० मिटर उचाईको कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी

काठमाडौं – मानवीय संवेग र अटोमोबाइल प्रविधिको सीमालाई थप विस्तार गर्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...