सिंगापुरमा सम्पन्न भयो एफआईए ई–स्पोर्ट्स क्लस्टर ट्रेनिङ, नेपालबाट दुई प्रतिनिधि सहभागी

नोभेम्बर २३ र २४ मा सिंगापुरमा सम्पन्न एशिया प्यासिफिक स्तरीय एफआईए ई–स्पोर्ट्स क्लस्टर ट्रेनिङमा नेपालबाट दुई अफिसियलहरूले भाग लिएका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का ई–स्पोर्ट्स कमिसनका सदस्य किरण धिताल र अंकित भण्डारीले सो तालिममा नेपाललाई प्रतिनिधित्व गरे ।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए), मोटरस्पोर्ट्स अष्ट्रेलिया र मोटरस्पोर्ट्स सिंगापुरको सहकार्यमा आयोजित सो कार्यक्रम एशिया प्यासिफिक क्षेत्रको पहिलो ई–स्पोर्ट्स प्रशिक्षण कार्यक्रम हो ।

दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा नेपाल, बंगलादेश, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, श्रीलंका, सिंगापुर, ताइवान, न्युजिल्यान्ड र अष्ट्रेलियाका प्रतिनिधिहरू सहभागी थिए । यस कार्यक्रममा क्षेत्रीय ई–स्पोर्ट्स प्रतियोगिताको सुदृढीकरण, अनुभव आदानप्रदान र एशिया प्यासिफिक नेटवर्क विस्तारमा केन्द्रीत प्रशिक्षण प्रदान गरियो ।

कार्यक्रमका मुख्य प्रशिक्षकहरू अष्ट्रेलियाका डेभिड मोरी र शुभ अग्रवाल थिए भने एफआईए ई–स्पोर्ट्स म्यानेजर एरिक स्ट्राने, एफआईए एशिया प्यासिफिक रिजनका उपाध्यक्ष लुंग नियन ली, एफआईए ई–स्पोर्ट्स कमिसन निरोशन परेरा र मोटरस्पोर्ट्स सिंगापुरका अध्यक्ष विन्सन ओउको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमले ई–स्पोर्ट्स प्रतियोगिताको आयोजना गर्ने तरिका, विभिन्न देशका चुनौतीहरू र क्षेत्रीय रूपमा मोटरस्पोर्ट्समा ई–स्पोर्ट्सको वृद्धि र प्रवर्द्धनका विषयमा गहन छलफल गरेको नासा नेपालले जनाएको छ ।

नेपालको सहभागिताले मोटरस्पोर्ट्सको नयाँ विधा ई–स्पोर्ट्सको नेपालमा विकास हुनुका साथै मोटरस्पोर्ट्समा नेपालको अझ बलियो सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

नासा नेपालका मार्सलको ओरिएन्टेसन सम्पन्न, विभिन्न कार्यक्रमको घोषणा

नासा नेपालका मार्सलको ओरिएन्टेसन सम्पन्न, विभिन्न कार्यक्रमको घोषणा

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले विगत एक दशक देखिको...

नेपाली मोटर स्पोर्ट्समा अब ई–रेसिङको प्रवेश, नेपाल सिम रेसिङ सिरिज हुँदै

नेपाली मोटर स्पोर्ट्समा अब ई–रेसिङको प्रवेश, नेपाल सिम रेसिङ सिरिज हुँदै

काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ई–स्पोर्ट्स कमिसनले...

नासा नेपालको उपाध्यक्षमा गजुरेल र शाह चयन

नासा नेपालको उपाध्यक्षमा गजुरेल र शाह चयन

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को केन्द्रीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...