सिंगापुरमा सम्पन्न भयो एफआईए ई–स्पोर्ट्स क्लस्टर ट्रेनिङ, नेपालबाट दुई प्रतिनिधि सहभागी

नोभेम्बर २३ र २४ मा सिंगापुरमा सम्पन्न एशिया प्यासिफिक स्तरीय एफआईए ई–स्पोर्ट्स क्लस्टर ट्रेनिङमा नेपालबाट दुई अफिसियलहरूले भाग लिएका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का ई–स्पोर्ट्स कमिसनका सदस्य किरण धिताल र अंकित भण्डारीले सो तालिममा नेपाललाई प्रतिनिधित्व गरे ।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए), मोटरस्पोर्ट्स अष्ट्रेलिया र मोटरस्पोर्ट्स सिंगापुरको सहकार्यमा आयोजित सो कार्यक्रम एशिया प्यासिफिक क्षेत्रको पहिलो ई–स्पोर्ट्स प्रशिक्षण कार्यक्रम हो ।

दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा नेपाल, बंगलादेश, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, श्रीलंका, सिंगापुर, ताइवान, न्युजिल्यान्ड र अष्ट्रेलियाका प्रतिनिधिहरू सहभागी थिए । यस कार्यक्रममा क्षेत्रीय ई–स्पोर्ट्स प्रतियोगिताको सुदृढीकरण, अनुभव आदानप्रदान र एशिया प्यासिफिक नेटवर्क विस्तारमा केन्द्रीत प्रशिक्षण प्रदान गरियो ।

कार्यक्रमका मुख्य प्रशिक्षकहरू अष्ट्रेलियाका डेभिड मोरी र शुभ अग्रवाल थिए भने एफआईए ई–स्पोर्ट्स म्यानेजर एरिक स्ट्राने, एफआईए एशिया प्यासिफिक रिजनका उपाध्यक्ष लुंग नियन ली, एफआईए ई–स्पोर्ट्स कमिसन निरोशन परेरा र मोटरस्पोर्ट्स सिंगापुरका अध्यक्ष विन्सन ओउको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमले ई–स्पोर्ट्स प्रतियोगिताको आयोजना गर्ने तरिका, विभिन्न देशका चुनौतीहरू र क्षेत्रीय रूपमा मोटरस्पोर्ट्समा ई–स्पोर्ट्सको वृद्धि र प्रवर्द्धनका विषयमा गहन छलफल गरेको नासा नेपालले जनाएको छ ।

नेपालको सहभागिताले मोटरस्पोर्ट्सको नयाँ विधा ई–स्पोर्ट्सको नेपालमा विकास हुनुका साथै मोटरस्पोर्ट्समा नेपालको अझ बलियो सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

ट्रान्स हिमालय एड्भेन्चर पुग्यो पोखरा, गरियो स्वागत र विदाई

ट्रान्स हिमालय एड्भेन्चर पुग्यो पोखरा, गरियो स्वागत र विदाई

पोखरा – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौंबाट प्रस्थान गरेकाे ट्रान्स...

नासा नेपाल र काठमाडौं इन्जिनियरिङ कलेजको एफवान इन स्कुल्स अब हेटौडामा

नासा नेपाल र काठमाडौं इन्जिनियरिङ कलेजको एफवान इन स्कुल्स अब हेटौडामा

हेटौंडा – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ...

कार्ल मार्क्सको कसम सार्वजनिक : केही विकासका कुरा, केही निकासका कुरा वारेमा छलफल

कार्ल मार्क्सको कसम सार्वजनिक : केही विकासका कुरा, केही निकासका कुरा वारेमा छलफल

काठमाडौं – गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल मार्क्सको कसम’ आज एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...