लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
काठमाडौं–विद्युतीय दुईपांग्रे सवारीसाधनको क्षेत्रमा आफ्नो उपस्थिति...
काठमाडौं–नेपालीहरूको महान् चाड दशैँ तथा तिहारको अवसर पारेर विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि ‘सुनको सवारी’ नामक विशेष क्याम्पेन सुरु गरेको छ ।
अक्टोबर १ देखि नोभेम्बर ११, २०२६ सम्म कूल ६ हप्ता सञ्चालन हुने यस योजनाअन्तर्गत यात्रुहरूले नियमित राइड पूरा गरेरै आकर्षित उपहारहरू जित्न सक्नेछन् ।
चाडपर्वको समयमा किनमेल, टीका तथा आफन्त भेटघाटका लागि यात्राको माग बढ्ने भएकाले यात्रुहरूको दैनिक यात्रालाई थप उत्साहजनक र यादगार बनाउने उद्देश्यले इनड्राइभले यो अफर ल्याएको हो ।
क्याम्पेन अवधिभर इनड्राइभमार्फत राइड गर्ने यात्रुहरू स्वतः साप्ताहिक लक्की ड्रमा सहभागी हुनेछन् । हप्तामा कम्तीमा १ राइड पूरा गर्नेले स्मार्टवाच, ३ वा सोभन्दा बढी राइड पूरा गर्नेले ३२ इन्चको सामसुङ स्मार्ट टिभी र ५ वा सोभन्दा बढी राइड पूरा गर्नेले ५ ग्राम सुनको सिक्का जित्ने अवसर पाउनेछन् ।
छ हप्ताको अवधिमा इनड्राइभले कुल ६ वटा ५ ग्राम सुनका सिक्का, ६ वटा सामसुङ स्मार्ट टिभी र १२ वटा स्मार्टवाच वितरण गर्नेछ । विजेताहरूको घोषणा इनड्राइभको आधिकारिक सामाजिक सञ्जालमार्फत गरिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...