बीवाईडी एट्टो३ शनिबार पोखरामा सार्वजनिक हुने
पोखरा – बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ भोलि शनिबार पोखरामा...
विश्व प्रसिद्ध कार निर्माता कम्पनी फेरारीले सन् २०२५ मा कम्पनीको पहिलो इलेक्ट्रिक कार बजारमा ल्याउने बताएको छ । यसै बिच अर्को रोचक खबर सार्वजनिक भएको छ ।
फेरारीका सीईओ बेनडिटो भिग्नाले हालै एक अन्तर्वार्तामा सो जिरो इमिसन फेरारीका वारेमा महत्वपूर्ण तथ्यहरुको खुलासा गरेका छन् ।
ती मध्ये रोचक तथ्य के छ भने सो इलेक्ट्रिक फेरारीमा भने फेरारी ब्रान्डको विशेष प्रकारको साउन्ड पनि हुनेछ । टिपिकल इलेक्ट्रिक मोटरमा धेरैजसो साउन्ड नहुने भए तापनि फेरारी इन्जिनियरहरुले भने इलेक्ट्रिक भेइकलको लागि साउन्ड समेत उपलब्ध हुने गरी कार्य गरिरहेको उनले बताए ।
आफ्ना ग्राहकलाई फरक अनुभव दिलाउने र यसका लागि फरक प्रविधिको प्रयोग हुने उनले बताए ।
कम्पनीले पर्फमेन्स, डिजाइन र ड्राइभिङ एक्सपेरियन्सलाई आधार मानेर कार्य गरिरहेको र ‘इलेक्ट्रिक कार साइलेन्ट हुँदैनन्’ भन्ने कुरामा जोड दिने उनको भनाइ छ ।
आगामी सन् २०२६ सम्म बिक्री हुने कार मध्ये ६० प्रतिशत फुल्ली इलेक्ट्रिक र हाइब्रिड हुने समेत उनले बताए ।
हाल इलेक्ट्रिक सवारी साधनको आवाज अर्थात साउन्ड हुँदैन भन्ने आम मान्यता छ । तर फेरारीले भने इलेक्ट्रिक कारमा समेत फेरारीको विशेष साउन्ड उपलब्ध गराउने सीईओ भिग्नाको भनाइ छ ।
पोखरा – बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ भोलि शनिबार पोखरामा...
भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर...
काठमाडौं – नेपालका लागि एमजी मोटरको आधिकारिक बिक्रेता पारामाउन्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...