यस्तो छ भारतमा हालै लन्च गरिएको येज्दी स्क्राम्बलर बाइक

येज्दीको मोटरसाइकलले २६ वर्षपछि भारतीय बजारमा पुनरागमन गरेको छ । कम्पनीले आफ्ना तीनवटा बाइक येज्दी रोडस्टर, येज्दी एड्भेन्चर र येज्दी स्क्राम्बलर भारतमा लन्च गरेर बजारमा आफूलाई पुनः स्थापित गरेको छ । जावा र बीएसए पछि येज्दी एक मात्र ब्रान्ड हो जुन क्लासिक लेजेन्ड्स अन्तर्गत पुनः लन्च गरिएको छ ।

सस्पेन्शन, रङ र डायमेन्सन
येज्दी स्क्राम्बलर भारतीय बजारमा ६ रङमा उपलब्ध छ । यसमा ड्युअल टोन मिडनाइट ब्लु, सिंगल टोन फायर ओरेन्ज, ड्युअल टोन मीन ग्रीन, सिंगल टोन आउटलाओ ओलिभ, ड्युअल टोन रिबेल रेड र सिंगल टोन येलिङ येल्लो रङमा उपलब्ध छ । बाइकको ह्विलबेस १४०३ एमएम र सिटको उचाई ८०० एमएम छ । फ्रन्टमा टेलिस्कोपिक फोर्कको साथमा क्वाइल स्प्रिङ प्रदान गरिएको छ । साथै यसको पछाडि ट्विन सक एब्जर्बरसहितको ग्याँस क्यानिस्टर दिइएको छ ।

ब्रेक, वजन र इन्धन क्षमता
येज्दी स्क्राम्बलरको वजन १८२ किलोग्राम छ । बाइकमा १२.५ लिटर इन्धन क्षमताको पेट्रोल ट्यांक दिइएको छ । सो बाइकको फ्रन्टमा फ्लोटिङ क्यालिपरसहित ३२० एमएम डिस्क ब्रेक जडान गरिएको छ । साथै यसको पछाडि फ्लोटिङ क्यालिपरसहित २४० एमएम डिस्क ब्रेक दिइएको छ । सुरक्षाका लागि बाइकको अगाडि र पछाडि दुबैमा एबीएस फिचर दिइएको छ ।

मूल्य
भारतीय बजारमा यस बाइकको एक्स–शोरूम मूल्य २ लाख ४ हजार ९०० देखि २ लाख १० हजार ९०० भारु बीच तोकिएको छ । यसको प्रतिस्पर्धा भारतीय बजारमा होन्डा सीबी३५० आरएससँग रहेको छ ।

इन्जिन
येज्दी स्क्राम्बलरमा पावरका लागि ३३४ सीसी सिंगल सिलिन्डर, ४–स्ट्रोक, लिक्विड कुल्ड डीओएचसी इन्जिन दिइएको छ । जसले अधिकतम २९.१० पीएसको पावर र २८.२० एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्सले सुसज्जित छ ।

नेपाली बजारमा तत्काल यो बाइक आउने सम्भावना छैन ।

सम्बन्धित समाचारहरू

४५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउदै रोयल इन्फिल्ड

४५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउदै रोयल इन्फिल्ड

रोयल इन्फिल्डले ४५० सीसी लिक्विड कुल्ड सिंगल सिलिन्ड इन्जिनमा आधारित...

बन्दीपुर हेरिटेज राइड सम्पन्न

बन्दीपुर हेरिटेज राइड सम्पन्न

रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स...

११ औं पोकर रन सम्पन्न, १ सय ५० राइडरले जनाए सहभागिता

११ औं पोकर रन सम्पन्न, १ सय ५० राइडरले जनाए सहभागिता

काठमाडौं – कोभिड महामारीका कारण गत वर्ष आयोजना हुन नसकेको ‘पोकर रन’ यसपटक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...