सेरेस ३ नेपालमा, यस्ता छन् बहुप्रतीक्षित ‘सेरेस ३’ का विशेषताहरु

एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा विश्वव्यापी रुपमा प्रशंसा पाएको नयाँ ब्रान्डको सवारी साधन सेरेस ३ इलेक्ट्रिक एसयूभी नेपाली बजारमा भित्र्याएको छ । यद्यपि औपचारिक रुपमा यसको मूल्य र अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।

सेरेस ३ विद्युतीय सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर र अन–रोड तथा अफ–रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्छ । ९९ किलोवाटको मोटर पिक पावर र ५२.७ किलोवाट आवरको ब्याट्रीसँग यसले ४०५ किमी (एनईडीसी) को उल्लेखनीय रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम, र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ।

१८ इन्च टायर साइज र १९० एमएमको ग्राउन्ड क्लियेरेन्सले स्थिरताको सुनिश्चित गर्दछ। गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टेयरिङ मोड प्रदान गरेको छ। साथसाथै इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यवस्था गरेको छ।

१०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रिन र ड्राइभर इन्फोटेनंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ।

नेपालमा सेरेस ३ को लन्चसँगै नेपाली ग्राहकहरुले एउटा उत्कृष्ट इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउनेछन् र सेरेस ३ ले युरोप र चीनमा पाएको सफलता नेपाली बजारमा पनि पाउनेमा एमएडब्लु ग्रुप विश्वस्त रहेको बताइएको छ ।

सेरेस ब्रान्ड
२०२३ को द्रुत गतिमा अघि बढ्दो अटोमोटिभ ब्रान्डको रूपमा विश्वव्यापी रूपमा मान्यता प्राप्त सेरेसले विद्युतीय सवारीमा मात्र नभई विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेको इलेक्ट्रिक सवारीको लागि निर्माण साझेदारको रूपमा पनि सेवा प्रदान गर्दछ। सेरेसले २१ युरोपेली राष्ट्रहरूमा बलियो उपस्थितिको साथ आफूलाई चीन भन्दा बाहिर पनि राम्रो छाप छोड्न सफल भएको छ। सेरेसले ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ भने ७१औं राष्ट्रको रुपमा नेपालमा प्रवेश गर्ने भएको छ। ईभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदूषणमुक्त बनाउने दीर्घकालीन लक्ष्य लिएको छ।

सेरेसले नवीनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक रिसर्च एण्ड डेभलपमेन्ट विङलाई संचालन गर्दै आएको छ। सेरेसको प्रभावशाली लाइन–अपमा सेरेस ५, सेरेस ई–१ र अब सेरेस ३ पनि समावेश छ।

सम्बन्धित समाचारहरू

नेटा भी इलेक्ट्रिक कार : पुग्यो १०० भन्दा बढी बुकिङ

नेटा भी इलेक्ट्रिक कार : पुग्यो १०० भन्दा बढी बुकिङ

काठमाडौं – नेपाली बजारमा लन्च भए पश्चात चिनियाँ इलेक्ट्रिक कार नेटा भी १००...

हिरो मोटोकर्पले भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डको नाममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने...

विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...