हाइब्रिड कार सामान्य कार भन्दा किन महँगो हुन्छ ? ईभी भन्दा कसरी फरक छ ?

हाइब्रिड कारमा पेट्रोल वा डिजेल इन्जिन हुनुका साथै केही हदसम्म इलेक्ट्रिक पनि हुन्छ । हाइब्रिड कारको माइलेज सामान्य पेट्रोल वा डिजेल कारको तुलनामा धेरै राम्रो हुन्छ । हाइब्रिड कारको मूल्य पनि धेरै हुन्छ ।

हाइब्रिड कार र इलेक्ट्रिक कारमा अझ पनि केही भ्रमहरु छ । यी दुईमा के फरक छ, दुवैले कसरी काम गर्छ र आखिर किन यिनीहरुको मूल्य सामान्य गाडीको तुलनामा धेरै महँगो छ, जान्नुहोस् पुरा जानकारी ।

हाइब्रिड कारले कसरी काम गर्छ ?
हाइब्रिड कारमा डिजेल वा पेट्रोल इन्जिन हुनुका साथै रोटरी पावर र मोटरको लागि ब्याट्री प्याक पनि जडान गरिएको हुन्छ । हाइब्रिड कार पूर्णतया डिजेल वा पेट्रोल इन्जिनको पावरमा चल्दैन, यसले ब्याट्रीको मोटरबाट पनि पावर लिएको हुन्छ, जसका कारण सामान्य कारको तुलनामा डिजेल र पेट्रोलको खपत आधा घटेको हुन्छ ।

ईभी के हो ?
इलेक्ट्रिक सवारी साधनमा डिजेल वा पेट्रोल इन्जिन हुँदैन । यसमा मोटरले काम गर्छ, जसले पाङ्ग्राहरू घुमाउँछ । यसमा ब्याट्रीले मोटरलाई पावर दिन्छ । इलेक्ट्रिक सवारी साधनलाई चार्ज गर्न आवश्यक छ तर हाइब्रिड कारको ब्याट्री प्याक साइजमा सानो भएकाले सामान्य कारको ब्याट्री जस्तै चार्ज गर्न सकिन्छ ।

यो किन महँगो हुन्छ ?
ईभी वा हाइब्रिड कार सामान्य डिजेल वा पेट्रोल कार भन्दा धेरै महँगो हुन्छ । सो कारमा जडान गरिने ब्याट्री कारको कुल लागतको ७० प्रतिशतसम्म हुन्छ । हाल यसको अनुसन्धान भइरहेको छ र यी ब्याट्रीलाई सस्तो र सजिलै चार्ज गर्न सकिने प्रविधिको विकास भइरहेको छ ।

फाइदा
सिटी ड्राइभको लागि ईभी र हाइब्रिड कार निकै लाभदायक हुन्छ । यसको ड्राइभिङ लागत निकै कम हुन्छ । साथै, डिजेल र पेट्रोल कार जस्तै मर्मत लागत पनि उच्च हुँदैन । सामान्य कारको तुलनामा हाइब्रिड कार महँगो भए तापनि यसको लाइफ डिजेल वा पेट्रोल भन्दा धेरै हुन्छ ।

सम्बन्धित समाचारहरू

फोटोन ई–टुनल्यान्ड पिकअप अब नेपालमा, नाडा अटो शोमा सार्वजनिक

फोटोन ई–टुनल्यान्ड पिकअप अब नेपालमा, नाडा अटो शोमा सार्वजनिक

काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु कमर्सियलले एक...

ओलाले देखायो ४ नयाँ इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट

ओलाले देखायो ४ नयाँ इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट

भारतको अग्रणी इलेक्ट्रिक टु–ह्विलर निर्माता ओलाले भविष्यमा आउने ४ फरक...

चितवनमा टाटाका ईभी सार्वजनिक, यस्ता छन् ईभीका विशेषता

चितवनमा टाटाका ईभी सार्वजनिक, यस्ता छन् ईभीका विशेषता

काठमाडाैं – नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...