बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
विश्वकै कठिन र प्रतिष्ठित डकार -याली हालै सकिएको छ । डकार -यालीमा प्रयोग गरिने बाइकका वारेमा पनि विशेष चर्चा हुने गरेको छ । यी बाइकको मुख्य विशेषता भनेको बाइकको टायर कहिल्यै पनि पन्चर नहुनु हो ।
यो वाहेक अन्य विभिन्न विशेषता छन्, जसले गर्दा बाइक यस्तो कठिन बाटोमा पनि खासै बिग्रिदैनन् । यस्तो के छ त विशेषता जसले सो बाइकलाई खास बनाएको छ ।
पन्चर प्रुफ टायर
डकार -याली बाइकमा स्पेसल ट्युबलेस टायर जडान गरिएको हुन्छ । जसलाई मिसेलिन कम्पनीले विशेष रुपमा तयार पारेको हुन्छ । यो हेर्दा टायर जस्तो देखिए तापनि यसको भित्र स्पेसल फोम बिब मुसेबाट निर्माण भएको हुन्छ । सो स्पेशल पन्चर प्रुफ टायर बाइकमा स्पोक ह्विलमा समावेश गरिएको हुन्छ । यो अलोय ह्विल भन्दा अधिक ड्युरेबल रहेको छ । सो टायर कहिल्यै पनि पन्चर हुँदैन ।
वाटर स्टोरेज
सो बाइकको इन्जिनमा वाटर ट्यांक पनि समावेश गरिएको हुन्छ । जसमा ३ लिटरसम्म पानी स्टोरेज गर्न सकिन्छ । राइडको समयमा राइडरले सो पानीको उपयोग गर्न सक्छन् ।
ठूलो र धेरै फ्युल ट्यांक
डकार -याली बाइक राइडरलाई एक दिनमा सयौं किलोमिटरको दुरी तय गर्नु पर्ने हुन सक्छ । यसको लागि सो बाइकमा २ देखि ३ फ्युल ट्यांक समावेश गरिएको हुन्छ । सो बाइकको फ्युल ट्यांकको क्षमता २९ देखि ३६ लिटरसम्म रहेको छ । यो कम्पनीमा निर्भर रहेको हुन्छ । साधारणतया बाइकमा १२ लिटरको फ्युल ट्यांक समावेश गरिएको हुन्छ ।
फरक इन्जिन
डकार -यालीमा प्रयोग गरिने बाइकमा सिंगल सिलिन्डर फोर स्ट्रोक इन्जिन समावेश गरिएको छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...