यस्तो छ दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जितेको ओमोडा ई५ कार (फिचर र मूल्यसहित)

काठमाडौं–सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले शनिबार सम्पन्न नेपाल प्रिमियर लिगमा कार जिते ।

फाइनलमा जनकपुर बोल्टससंग पराजित भएपनि ऐरीले प्लेयर अफ दी टुर्नामेन्ट बन्दै ओमोडा ई५ डिलक्स कार जितेका हुन् । उनले जितेको उक्त बिद्युतिय कारको मुल्य नेपाली बजारमा ५५ लाख ९९ हजार रुपैयाँ पर्छ ।

यसमा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्यट्री रहेको छ, जसले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ ।

यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युृअल स्क्रिन जस्ता विशेषता रहेका छन् ।

यसमा एडास ड्राइभिङ असिस्टेन्स सुविधा पनि रहेको छ, जस अन्तर्गत लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटाएयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको छ ।

ओमोडा ई५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू छन् ।

एक्सटेरियर फिचर अन्तर्गत यसमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट पाउन सकिन्छ । यसको अर्को आकर्षण २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।

सम्बन्धित समाचारहरू

हाईब्रिड कार ल्याउँदै जिकर, सांघाई अटो शोमा सार्बजनिक हुने

हाईब्रिड कार ल्याउँदै जिकर, सांघाई अटो शोमा सार्बजनिक हुने

चिनियाँ अटो निर्माता गिली अन्तर्गतको ईभी ब्रान्ड जिकरले अव हाईब्रिड...

इलेक्ट्रिक स्कुटर ई०१ को विश्वव्यापी परिक्षण गर्दै यामाहा

इलेक्ट्रिक स्कुटर ई०१ को विश्वव्यापी परिक्षण गर्दै यामाहा

यामाहाले यसअघि विभिन्न अन्तराष्ट्रिय इभेन्टमा देखाएको आफ्नो पहिलो...

वुलिङ बिंगो ईभी अब नेपालमा, मूल्य ३१ लाख ९९ हजार

वुलिङ बिंगो ईभी अब नेपालमा, मूल्य ३१ लाख ९९ हजार

काठमाडौं – इन्डोनेसियन ब्रान्ड वुलिङको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...