नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

काठमाडौं – नेपालमा उपलब्धहरु इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज दिने बीवाईडीको अल न्यु ई६ नेपालमा पहिले देखि नै उपलब्ध छ । नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक नेपालले अल न्यु ई६ नेपालमा बिक्री–वितरण गरिरहेको छ ।

बीवाईडी ई६ मा विभिन्न प्रकारका आकर्षक र नयाँ फिचरहरु उपलब्ध छन् ।

नयाँ र सुरक्षित ब्लेड ब्याट्री
यसमा बीवाईडीको अल्ट्रा सेफ ब्लेड ब्याट्री राखिएको छ। यो ब्याट्री लामो समय सम्म टिक्नुका साथै सुरक्षित पनि छ । नेल पेनेट्रेसन टेस्ट गर्ने यो विश्वको एक मात्र ब्याट्री हो, जसले गर्दा यो विश्वकै सबैभन्दा सुरक्षित इलेक्ट्रिक कार समेत बनेको छ ।

यसमा भएको ७० किलोवाट मोटरले १८० एनएम टर्क उत्पादन गर्छ। यसमा भएको ७१.७ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ५२२ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ। यसको ब्याट्री विश्वको अर्को प्रतिष्ठित कम्पनी टेस्लाले पनि प्रयोग गरिरहेको छ।

यो ब्याट्रीलाई ३० मिनेटमा ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ भने १ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

नयाँ डिजाइन
यो अल न्यु ई६ ड्रागन फेस डिजाइनमा आधारित छ। बीवाईडीका हेड अफ डिजाइन वल्फग्याङ इगरले यसको डिजाइन गरेका हुन् । यसको अगाडिको पार्ट ड्रागन फेस जस्तै देखिन्छ। यसमा डे टाइम रनिङ एलईडी लाइटहरु पनि उपलब्ध रहेका छन्। यस्तै रियर ल्याम्पले भिजिबिलिटी राम्रो प्रदान गर्दछ।

नयाँ इन्टेरियर
यसमा नयाँ इन्टेरियर डिजाइन पनि अलि अलि फरक छ। यसमा लेदरको सिट उपलब्ध छ। जसमा अगाडिको ड्राइभर र प्यासेन्जर सिट दुबै अगाडि पछाडि गरेर मिलाउन मिल्छ। एक सरलीकृत ड्र्यागन हार्ट सेन्टर कन्सोल उपलब्ध छ। यस कन्ट्रोल प्यानलले चालकलाई आरामदायी रुपमा गाडी चलाउन मद्दत गर्छ।

नयाँ इन्फोटेनमेन्ट सिस्टम
नयाँ इन्फोटेनमेन्ट प्रणालीको पनि यसमा विकास गरिएको छ। यसमा १०.१ इन्च घुमाउन मिल्ने टचस्क्रिनले ब्लुटुथ र वाइफाई जडान प्रदान गर्दछ। जसले प्रयोगकर्तालाई सहज रुपमा आफ्ना डिभाइसहरु कनेक्ट गर्न सहयोग गर्छ । यसमा भएको फ्युचर इन्स्ट्रयुमेन्ट क्लस्टरले सबै आवश्यक जानकारी प्रयोगकर्तालाई सहज रूपमा डेलिभर गर्दछ।

ठूलो बुट स्पेस
यसमा ठूलो ५८० लिटर क्षमताको बुट स्पेस छ। यस सेगमेन्टमा सबै भन्दा ठूलो बुट स्पेस यसमा रहेको छ। यसले गर्दा लामो यात्राको लागि सबै सामान व्यवस्थापन गर्न चिन्ता लिनु पर्दैन। साथै ठुलो बुट स्पेसका बाबुजुद यात्रुहरूले आफ्नो यात्राको पूर्ण आरामको आनन्द लिन सक्नेछन्।

चार्जिङ र नेटवर्क
यो गाडी कुनै पनि स्थानीय चार्जिङ पोर्ट वा बीवाईडी चार्जिङ नेटवर्कसँग बाटोमा प्लग इन गर्न सजिलो छ। साइमेक्स इंक नेपालले हाल नेपालभरी १० भन्दा बढी फास्ट चार्जिङ स्टेशनहरू जडान गरिसकेको छ।

वारेन्टी
बीवाईडी अल न्यु ई६ मा ८ वर्ष वा ५ लाख किलोमिटर गुड्दा सम्म ब्याट्री वारेन्टी उपलब्ध हुने साइमेक्स इंकले जनाएको छ ।

मूल्य र सुविधा
यो गाडीको मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ। इलेक्ट्रिक गाडीका लागि विभिन्न बैंकहरुले ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध गराउने गरेका छन् । त्यसैले शुरुमा २० प्रतिशत रकम मात्र डाउन पेमेन्ट गरेर यसलाई आफ्नै गाडी बनाउन पनि सकिन्छ ।

सम्बन्धित समाचारहरू

२०० किमी रेन्ज, १०० किमी टप स्पिड, स्टाइलमा पल्सर र अपाचेलाई समेत टक्कर

२०० किमी रेन्ज, १०० किमी टप स्पिड, स्टाइलमा पल्सर र अपाचेलाई समेत टक्कर

यसै वर्ष मार्चमा लन्च गरेको ओबेन इलेक्ट्रिकको इलेक्ट्रिक बाइक ओबेन रोरको...

नेटवर्क बिस्तारमा आक्रमक बन्दै जिली, बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

नेटवर्क बिस्तारमा आक्रमक बन्दै जिली, बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

काठमाडौं–चिनियाँ ईभी ब्रान्ड जिलीको नेपालका लागि आधिकारीक वितरक एलआरआर...

रातको यात्रामा ड्राइभिङ गर्दा हाइ बिम र लो बिमको समन्वय गरौ यसरी

रातको यात्रामा ड्राइभिङ गर्दा हाइ बिम र लो बिमको समन्वय गरौ यसरी

भीडभाडको सडक तथा राजमार्गमा रातको समयमा ड्राइभिङ गर्दा केहि नियमहरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...