तपाईसँग पुरानो गाडी छ भने पर्वोत्सव अफरसहित यसरी लिन सकिन्छ सुजुकीको नयाँ भिटारा ब्रेजा

नेपाली बजारमा सर्बाधिक बिक्री हुने कारको नाम लिदा सुजुकीको भिटारा ब्रेजा अग्रस्थानमा आउँछ । नेपाली बजारमा भिटारा ब्रेजा विभिन्न चार भेरिएन्टमा उपलब्ध छ । यी मध्ये सबैभन्दा सुरुवाती भेरिएन्टको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ छ । भिटारा ब्रेजामा बीएस६ कम्प्लायन्ट १.५ लिटर के१५बी पेट्रोल इन्जिन समावेश गरिएको छ । सो इन्जिनले १०३ बीएचपीको पावर र १३८ एनएमको टर्क जेनेरेट गर्छ ।

तपाईसँग पुरानो कुनै पनि ब्रान्डको कार छ भने त्यसलाई एक्सचेन्ज गरी नयाँ भिटारा ब्रेजा लिन सकिन्छ । हाल सुजुकीले उपलब्ध गराइरहेको पर्वोत्सव अफर अन्तर्गत क्यास डिस्काउन्ट र विभिन्न बोनस समेत उपलब्ध हुन्छ । यसको सदुपयोग गर्न सकिन्छ ।

सुरुवाती भेरिएन्टको भिटारा ब्रेजा लिदा यसमा १ लाख ७० हजार रुपैयाँ नगद छुट उपलब्ध हुन्छ । त्यसैगरी पुरानो कारसँग नयाँ भिटारा ब्रेजा साट्दा १ लाख ५० हजार एक्सचेन्ज बोनस उपलब्ध छ । त्यसैगरी सुजुकीकै कुनै पनि पुरानो मोडलको कार भएमा लोयल्टी बोनसको रुपमा थप २० हजार रुपैयाँ छुट उपलब्ध हुन्छ ।

नयाँ गाडी किन्दा स्क्र्याच कुपन उपलब्ध हुन्छ र यसबाट कमसेकम २० हजार देखि बढीमा ७५ हजार रुपैयाँ सम्म छुट पाउन सकिन्छ ।

पुरानो गाडीसँग नयाँ भिटारा ब्रेजा साट्दा सबै अफरमार्फत छुट प्राप्त गर्दा गाडीको मूल्य करिव ३८ लाख ८९ हजार रुपैयाँ मात्र हुन्छ । यसरी व्यक्तिगत प्रयोजनका लागि गाडी किन्दा ५० प्रतिशत र कम्पनीमार्फत किन्दा ७० प्रतिशत सम्म फाइनान्स सुविधाको प्रयोग गर्न सकिन्छ ।

व्यक्तिगत प्रयोजनका लागि किन्दा शुरुमा ५० प्रतिशतको हिसाबले करिब १९ लाख ४५ हजार रुपैयाँ शुरुमा बुझाए पुग्छ । यसो गर्दा ७ वा ८ वर्ष सम्म बैंकले करिव ९ प्रतिशत ब्याजदरको हिसाबले फाइनान्स सुविधा उपलब्ध गराउने गरेका छन् । मासिक रुपमा ३० हजार रुपैयाँ जति बुझाउने गरी गाडी आफ्नो बनाउन सकिन्छ ।

कम्पनीमार्फत किन्ने हो भने ७० प्रतिशत रकम फाइनान्समार्फत उपलब्ध गराएर ३० प्रतिशत मात्र रकम शुरुमा बुझाउन सकिन्छ । यसो हुँदा करिव २७ लाख २२ हजार रकम फाइनान्स गराएर शुरुमा ११ लाख ६७ हजार रुपैयाँ मात्र शुरुमा बुझाए पुग्छ । यसो गर्दा मासिक रुपमा करिव ४३ हजार रुपैयाँ बुझाउनु पर्छ ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी २०२५ मार्चमा लन्च हुने

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी २०२५ मार्चमा लन्च हुने

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभिएक्स २०२५ को मार्च...

२०२१ मा भीजी अटोमोबाइल्सले बेच्यो ४,४५६ सवारी साधन

२०२१ मा भीजी अटोमोबाइल्सले बेच्यो ४,४५६ सवारी साधन

काठमाडौं – भीजी अटोमोबाइल्सले सन् २०२१ मा ४ हजार ४५६ युनिट सवारी साधन...

यस्तो हुनेछ नयाँ मारुती सेलेरियोको लुक, लन्चिङ पहिले इन्टरनेटमा भाइरल

यस्तो हुनेछ नयाँ मारुती सेलेरियोको लुक, लन्चिङ पहिले इन्टरनेटमा भाइरल

मारुती सुजुकीले फेस्टिभल सिजनमा न्यु जेनेरेसन मारुती सुजुकी सेलेरियो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...