नेपालमा लोकप्रिय बन्दै लुयान एमएनके३, के छ खास विशेषता ?

२७ बर्ष अघि चीनमा स्थापना भएको विश्व विख्यात ब्राण्ड लुयानका इलेक्ट्रिक स्कुटरहरुको नेपालमा पनि निक्कै माग बढिरहेको छ । गुणस्तरीय उत्पादन, लामो रेन्ज, शक्तिशालि तान्ने क्षमता हुँदाहुँदै पनि अन्य प्रतिष्पर्धि ब्राण्ड भन्दा निक्कै कम मुल्यमा पाइने भएर पनि यसको माग बढेको देखिन्छ ।

प्रायः इलेक्ट्रिक स्कुटरका मोटरहरु बाहिरी हावाले मात्र चिसिने मोटर हुने हुँदा तान्ने क्षमता चित्त बुझ्दो हुँदैन । तर लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर भएको हुनाले अत्यन्तै उकालो बाटोमा पनि सजिलै तान्न सक्छ ।

काठमाण्डौंको स्वयम्भु नजिकैको सेतो गुम्बा जाने बाटोलाई उपत्यकाको निक्कै उकालो बाटो भनेर चिनिन्छ । जहाँ राम्रो कण्डिसनमा छैन भने पेट्रोलबाट चल्ने स्कुटरलाई पनि उकालो चढ्न धौ धौ हुन्छ । तर त्यो उकालो बाटोमा पनि दुइजना सवारीलाई लुयानका स्कुटरले सजिलै तान्न सक्छ । जसलाई कम्पनीले भिडियो खिचेर युट्युबमा पनि अपलोड गरेको छ ।

साथै लुयानको एमएनके३ स्कुटरम ारन फ्याट टायर भएको हुनाले यदि टायर पञ्चर भै नै हाल्यो वा हावा कत्ति पनि नभए पनि करिब ५० किलोमिटरसम्म चलाउन सकिन्छ । त्यसरी चलाउँदा पनि रिम अथवा टायरमा कुनै असर पर्दैन । यसको मोटर र ब्याट्रीमा आईपी६७ वाटर रेसिस्टेन्स भएकाले पनि लुयानका स्कुटरहरुलाई जस्तो सुकै बर्षामा पनि चलाउन मिल्छ ।

यो स्कुटरमा २८०० वाटको लिक्विड कुल्ड मोटरको प्रयोग भएको छ भने ७२ भोल्ट, ३५ एएचको ब्याट्री प्रयोग गरिएको छ । जसका कारण यसले एक पटकको फुल चार्जमा करिब १२० किलोमिटरसम्मको स्ट्याण्डर्ड रेन्ज दिने दावी गरिएको छ । काठमाण्डौंको बाटोमा ग्राहकहरुले यो स्कुटरमा करिब ९० देखि १०० किलोमिटरसम्मको रेन्ज पाएका छन् ।

रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम भएको हुनाले यसलाई ओरालोमा चलाउँदा आफैं ब्याट्री चार्ज हुन्छ । साथै एलइडी हेडलाइट, एलसिडी डिस्प्ले, एनएफसी कार्ड सिस्टम लगायतका अत्याधुनिक फिचरहरु लुयानका स्कुटरहरुमा पाउन सकिन्छ ।

एउटा आधुनिक स्कुटरमा पाइने सम्पूर्ण फिचर उपलब्ध हूँदाहुँदैृ पनि यसको मूल्य भने जम्मा १ लाख ८७ हजार २०० रुपैयाँ मात्र निर्धारण गरिएको छ । बजारमा यस्तै पावर र प्याकभएको स्कुटरको तुलनामा यो निक्कै कम मुल्य हो । स्कुटरमा ग्राफिनी ब्याट्री मात्र नभएर लिथियम आयोन ब्याट्री पनि प्रयोग गर्न मिल्छ । लिथियम आयोन ब्याट्री प्रयोग भएको भेरिएन्टको मूल्य २ लाख ५० हजार २०० पर्छ ।

काठमाण्डौंमा लुयानले ९ ठाउँमा सर्भिस सेन्टर सन्चालनमा ल्याएको छ । यो सँख्या भनेको काठमाण्डौंमा रहेका अन्य इलेक्ट्रिक स्कुटरको दाँजोमा सबैभन्दा धेरै हो । कम्पनीले बिक्रिपछिको सेवालाई नै सबैभन्दा बढी महत्व दिएको छ ।नेपालमा लुयानको आधिकारिक वितरकको रुपमा जीरो इमिसन राइड एन रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...