रोयल इन्फिल्डको डकार र्याली रेसिङ बाइकमा आधारित ८५० सीसीको एड्भेन्चर बाइक सार्वजनिक
रोयल इन्फिल्डले बेलायतको गुडवुड फेस्टिवल अफ स्पिडमा ८५० सीसी एड्भेन्चर...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले हालै क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ । बाइकको सुरुवाती मूल्य ५ लाख ५५ हजार ७०० तोकिएको छ ।
३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध रहेको छ ।
मोटरसाइकलमा ३५० सीसी क्षमताको नयाँ एयर आयल कुल्ड इन्जिन जडान गरिएको छ । उक्त इन्जिनको अधिकतम पावर २०.४८ पिएस छ भने टर्क २७ एनएम जेनेरेट गर्दछ । बाइकमा ५ स्पिड गियरबक्स जडान गरिको छ । सो नयाँ मोटरसाइकललाई ११३ किलोमिटर प्रतिघण्टको उच्च गतिमा हाँक्न सकिन्छ भने माइलेज ३५ किलोमिटर दाबी गरिएको छ ।
नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर लगायत फिचर समेत यसमा पाउन सकिन्छ ।
बाइकको अगाडि ट्विन्स पिस्टन फ्लोटिङ क्यालिपर सहितको ३०० एमएम र पछाडि सिंगल पिस्टन फ्लोटिङ क्यालिपर सहितको १५३ एमएमको डिस्क ब्रेक जडान गरिएको छ । जसका कारण अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिङ अनुभव लिन सकिन्छ ।
रोयल इन्फिल्डले बेलायतको गुडवुड फेस्टिवल अफ स्पिडमा ८५० सीसी एड्भेन्चर...
काठमाडौ – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
काठमाडौं–रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...