ह्याचब्याक होइन, अब सब कम्प्याक्ट एसयूभी बन्दै लोकप्रिय : यस्तो छ कारण

अटोमोबाइल बजारमा ह्याचब्याक कार पहिले देखि नै लोकप्रिय छ । पहिलो पटक कार खरिद गर्ने ग्राहकले इन्ट्रि लेवल ह्याचब्याक कारलाई प्राथमिकता दिने गर्छन् । तर पछिल्लो समयमा बजारमा सब कम्प्याक्ट वा सब फोर मिटर एसयूभी कारको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ । भारतीय बजारमा सब ४ मिटर एसयूभीको बिक्री जनवरी २०२० को तुलनामा २०२१ मा लगभग दुई गुणा बढोत्तरी भएको छ । नेपाली बजारमा पनि केही न केही मात्रामा बढेको पाइन्छ । सब कम्प्याक्ट एसयूभी कारमा कैयौ फिचर रहेको हुन्छ जसले गर्दा सो कार निकै लोकप्रिय रहेको छ । कुनै सब कम्प्याक्ट एसयूभीमा ह्याचब्याकको तुलनामा उत्कृष्ट इन्जिन समावेश गरेको हुन्छ । जस्तैः मारुती भिटारा ब्रेजा, हुन्डाई भेन्यु र क्रेटा आदि । सब कम्प्याक्ट एसयूभीमा ह्याचब्याकमा भएको फिचर समावेश गरिएको हुन्छ । केही एसयूभी कारमा ह्याचब्याकको मूल्यमा भेन्टिलेटेड सिट, इलेक्ट्रोनिक भ्वाइस कन्ट्रोल, इन्फोटेनमेन्ट सिस्टम रहेको हुन्छ । ह्याचब्याकको तुलनामा सब कम्प्याक्ट एसयूभीको ग्राउन्ड क्लियरेन्स बढी हुन्छ । साथै ह्याचब्याक कारको तुुलनामा सब कम्प्याक्ट एसयूभी बढी आरामदायक हुन्छ । खराब सडकमा पनि सो कार आरामदायक महसुस हुन्छ । यहि कारणले गर्दा फोर्डको इकोस्पोर्ट निकै लोकप्रिय थियो । सब कम्प्याक्ट एसयूभी ह्याचब्याकको तुलनामा सडकको मोडमा सजिलै ह्यान्डल गर्न पनि सकिन्छ । केही सब कम्प्याक्ट एसयूभीमा ह्याचब्याक कारको तुलनामा बढी स्पेस रहेको हुन्छ । सब कम्प्याक्ट एसयूभीको सिट सजिलै फोल्ड गर्नको लागि स्पेस बनाइएको हुन्छ । सो कारमा बढी सामान ढुवानी गर्न पनि सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...