आकर्षक डिजाइन र फरक विशेषता सहित दुई मोडलका इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं – नेपाली भुबनोटलाई आधार मानेर विकसित गरिएको एफडी ब्रान्डका दुई मोडलका इलेक्ट्रिक स्कुटर सार्वजनिक गरिएको छ । नेपाली युवाहरुको समूहद्वारा संचालित ग्रन्थ ईभी एफडीका एफ५ र एफ५–ए मोडलका इलेक्ट्रिक स्कुटर सार्वजनिक गरिएको हो ।

इटालियन इन्जिनियरद्वारा डिजाइन गरिएको इलेक्ट्रिक स्कुटरको एसेम्बल चीनमा गरिएको हो । तर ग्रन्थ ईभीकै समन्वयमा यसमा आवश्यक विशेषताहरु उपलब्ध गराइएको छ । ‘लामो समयको अध्ययन अनुसन्धान पश्चात नेपाली बजारलाई लक्ष्यित गरी स्कुटरमा आवश्यक फिचर उपलब्ध गराइएको छ ।’ ग्रन्थ ईभीका संस्थापक तथा सीईओ सुजन ढुंगेलले भने ।

स्कुटरमा प्रयोग गरिने विभिन्न पार्ट्स र अन्य सामग्री विभिन्न कम्पनीद्वारा उत्पादन गरिएका र ती सबै सामग्री ग्रन्थ ईभीकै समन्वयमा उपलब्ध गराइएको सीओओ जीवन कुमार क्षेत्रीले बताए ।

नेपाली बजारमा हाल उपलब्ध इलेक्ट्रिक स्कुटरको तुलनामा एफडी मोटर्सका स्कुटर फरक भएको कम्पनीको भनाइ छ । यो स्कुटरमा साइड ड्राइभ मोटरको प्रयोग गरिएको छ । यो टायरको साइडमा जोडिएको हुन्छ । यसले गर्दा उकालोमा पनि राम्रो पर्फमेन्स दिन्छ भने स्कुटर अगाडि हुत्तिने हुँदैन ।

यसमा लिथियम फेरो फस्फेट अर्थात एलएफपी ब्याट्री जोडिएको छ, जसको क्षमता २ हजार साइकल हुन्छ । लिड एसिड र लिथियम आयोन भन्दा यो ब्याट्रीको आयु धेरै लामो हुन्छ ।

यसमा भएको अर्को विशेषता क्यान बस कम्युनिकेसन कन्ट्रोलर हो । यसकारण स्कुटरमा कुनै समस्या आएमा सोझै पत्ता लगाउछ र अगाडि डिस्प्लेमा देखाउछ । यसबाट स्कुटर मर्मत गर्न सजिलो हुन्छ ।

यसको ग्राउन्ड क्लियरेन्स बढाउनका लागि १६ र १४ इन्चको टायर प्रयोग गरिएको छ । नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर मध्ये यो ठूलो टायर भएको मानिन्छ । यसबाट स्कुटर चलाउन पनि सहज हुन्छ ।

दुबै स्कुटरमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेन्ज बढी दिनेछ । स्कुटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ ।

एफ५ मोडलमा ६० भोल्ट ३० एएच ब्याट्री रहेको छ भने एफ५–एमा ६० भोल्ट ४५ एम्पियरको ब्याट्री प्रयोग गरिएको छ । त्यसैगरी दुवै स्कुटरमा ३ हजार वाटको मोटर रहेको छ ।

ब्याट्रीमा ३ वर्ष र मोटरमा २ वर्षको वारेन्टी रहेको छ  । साढे चार घण्टामा स्कुटर फुल चार्ज हुनेछ  । फास्ट चार्जरले यसलाई २ घण्टामा चार्ज गर्न सकिन्छ । एक पटक चार्ज गरेपछि एफ५ ले ७० देखि ९० किलोमिटर र एफ५–एले ९० देखि ११० किलोमिटरसम्म रेञ्ज दिनेछ ।

एफ५ को मूल्य २ लाख ४८ हजार ९९९ र एफ५–एको मूल्य २ लाख ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रिमियम स्कुटर भएकाले हाल कुनै पनि छुट उपलब्ध नगराइएको कम्पनीको भनाइ छ ।

यद्यपि विभिन्न अफर भने उपलब्ध गराइएको छ । एक वर्ष सम्म स्कुटर चढ्दा खर्च हुने बिजुलीको बिलको पैसा कम्पनीले आफै तिरिदिने बताइएको छ । यसका साथै ग्रन्थ ईभीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बिक्री भएका प्रत्येक स्कुटरबाट ५०० रूपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने जनाएको छ ।

आगामी दिनमा नेपालमै यो स्कुटर एसेम्बल गर्ने तयारी भइरहेको ग्रन्थ ईभीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

काठमाडौं – भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा आज देखि नेपालकै पहिलो...

आईएमई इलेक्ट्रिक (राफ्ट स्कुटर) को स्टल बन्यो ईभी नेपाल एक्सपो २०२२ मा नम्बर १ स्टल

आईएमई इलेक्ट्रिक (राफ्ट स्कुटर) को स्टल बन्यो ईभी नेपाल एक्सपो २०२२ मा नम्बर १ स्टल

काठमाडौं – तीन दिन सम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको ‘ईभी नेपाल एक्सपो...

चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण

चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...