यो हो आश्चर्यचकित पार्ने विश्वको सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कार

क्रोएसियामा बनेको रिमाक नेभेरा इलेक्ट्रिक कारले सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कारको उपाधि जितेको छ ।

रिमाकले जर्मनीको परीक्षण ट्रयाकमा सो इलेक्ट्रिक कारको स्पिड परीक्षण गरिएको थियो, जसले आश्चर्यजनक रुपमा ४१२ किमी प्रतिघण्टा स्पिडको आंकडा हासिल गरेको थियो ।

सो इलेक्ट्रिक कारले १.९५ सेकेन्डमा ० देखि १०० किमी÷घन्टाको गति लिन सक्छ र यसले ० देखि १६० किमी प्रतिघन्टाको स्प्डि लिन ४.३ सेकेन्ड मात्र लाग्छ । रिमाक नेभेरामा ४ शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले १९१४ बीएचपीको पावर दिन्छ । तर, बिक्रीको लागि भने यसको टप स्पिड ३५२ किमी प्रतिघन्टामा सीमित गरिएको छ ।

विश्वमा अन्य टप स्पिड कारमा कोइनसेग अजेरा आरएस पनि एक हो । जसको उच्च गति ४४७.१८ किमी प्रतिघन्टा रेकर्ड गरिएको थियो । त्यस्तै बुगाटी चिरोन सुपर स्पोर्ट ३०० प्लसको टप स्पिड ४९०.८४ किमी प्रतिघन्टा रेकर्ड गरिएको थियो ।

सन् २०२० मा एसएससी तुताराको अधिकतम स्पिड ५०८.७३ किमी प्रतिघन्टाको स्पिड रेकर्ड गरिएको थियो । तर यसलाई सार्वजनिक प्रयोगको लागि डिजाइन नगरिएको हुनाले यसलाई तीव्र गतिको कारको दर्जा दिइएको छैन ।

सम्बन्धित समाचारहरू

ओलाले एक वर्षमै बेच्यो ४ लाख युनिट इलेक्ट्रिक स्कुटर, बजाज, टीभीएस र एथरको कति ?

ओलाले एक वर्षमै बेच्यो ४ लाख युनिट इलेक्ट्रिक स्कुटर, बजाज, टीभीएस र एथरको कति ?

ओला इलेक्ट्रिक एक क्यालेन्डर वर्षमा ४ लाख युनिट बिक्री गर्ने भारतको पहिलो...

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

काठमाडौं – नाडा अटो शो २०८१ मा विभिन्न ८ ब्रान्ड प्रदर्शन गरेको सीजी...

अवतारले ल्यायो नयाँ मिडसाइज सेडान कार, यस्तो छ मूल्य र फिचर

अवतारले ल्यायो नयाँ मिडसाइज सेडान कार, यस्तो छ मूल्य र फिचर

चांगन, क्याटल र हुवावेद्वारा संयुक्त रूपमा विकास गरिएको प्रिमियम ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...