जगदम्बा मोटर्सद्वारा फारिजोन र चेरी वान्डाका विद्युतीय भ्यान सार्बजनिक यस्तो छ मूल्य र विशेषता

काठमाडौं– काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपोमा जगदम्बा मोटर्सले १४ र १९ सिट क्षमतामा दुई नयाँ इलेक्ट्रीक भ्यान सार्वजनिक गरेको छ ।

कम्पनीले जिली ग्रुप अन्तर्गतको फारिजोन ब्राण्डको १९ सिटे र चेरी अन्तर्गतको वान्डा ब्राण्डको १४ सिटे इलेक्ट्रीक भ्यान नेपालमा सार्वजनिक गरेको हो । यी भ्यानको मूल्य क्रमशः ७६ लाख ९० हजार र ५६ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले नेपाल ल्याएको फारिजोन भ्यानमा १७० किलोवाट क्षमताको मोटर र ८२.८८ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । यसले एकपटकको फुल चार्जमा ३०० किलाोमिर बढि रेन्द दिने दाबी गरिएको छ ।

यस भ्यानमा सुरक्षाका लागि एयरब्याग, एबीएस, ईबीडी, ३६० डिग्री क्यामेरा, एडास, एभास जस्ता फिचर छन् । कम्पनीले यसको ब्याट्रीमा ४ वर्ष वा ७ लाख किमी र मोटरमा ५ वर्ष वा २ लाख किमीको वारेन्टी दिएको छ ।

त्यस्तै, कम्पनीले चेरी वान्डाको १४ सिटे भ्यान पनि सार्वजनिक गरेको छ । कम्पनीले चेरीवान्डाको मूल्य ५६.५ लाख रुपैयाँ तोकेको छ । यस भ्यानमा ५३.५८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ३०० किमी रेन्ज दिने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ ।

कम्पनीले चेरीवान्डा १४ सिटे भ्यानको ब्याट्रीमा ५ वर्ष वा ३ लाख किमी र मोटरमा ५ वर्ष वा २ लाख किमीको वारेन्टी दिएको छ ।

सम्बन्धित समाचारहरू

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि कुनै नीति समावेश गरिएन : नाइमा

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि कुनै नीति समावेश गरिएन : नाइमा

काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

सिएफमोटो २५० एनके अव ४ लाख ९० हजारमै, ३०० एनकेमा ५० हजार छुट

सिएफमोटो २५० एनके अव ४ लाख ९० हजारमै, ३०० एनकेमा ५० हजार छुट

काठमाडौं– सिएफमोटोले नाइमा मोबिलिटी एक्सपोलाई लक्षित गरी आफ्ना दुई...

मोबिलिटी एक्सपोमा १३ लाख ५० हजारको बाइक

मोबिलिटी एक्सपोमा १३ लाख ५० हजारको बाइक

काठमाडौं – सीएफमोटो तथा जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...