सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात क्याटलले अर्को कम्पनीको फ्याक्ट्री भित्रै पहिलो पटक प्रोडक्सन लाइन स्थापना गरेको घोषणा गरेको छ ।

सेरेस ग्रुप अन्तर्गतको भेइकल ब्रान्ड ‘एइटो’ का कारमा कस्टमाइज पावर सेल र प्याक उपलब्ध गराउनका लागि यसको उपयोग गरिने छ ।

चीनको चोङकिङ सहरमा अवस्थित सेरेस सुपर फ्याक्ट्रीका सीएटीएलको सेल–टु–प्याक २.० प्रोडक्सन लाइनमा ब्याट्री उत्पादन सुरु गरिएको हो । कुनै सहयोगी कम्पनीको इन्डष्ट्रियल साइटमा उपलब्ध हुने फुल्ली फङसनल र सेल्फ–अपरेटेड प्रोडक्सन लाइनलाई नै फ्याक्ट्री–इन–फ्याक्ट्री मोडल भनिन्छ ।

चोङकिङमा स्थापित सीएटीएलको यो पहिलो प्रोडक्सन बेस पनि हो । हाल सेरेस ग्रुप अन्तर्गतको एइटोका विभिन्न मोडलका सवारी धेरैको रोजाइमा पर्ने गरेका कारण कम्पनीले अपेक्षित मात्रामा बजारमा उपलब्ध गराउन सकेको छैन । यसका कारण धेरै ग्राहकले यसका लागि पर्खिनु पर्ने भएकाले वेटिङ पिरियड समेत धेरै छ । यो अवस्थामा आगामी दिनमा उत्पादन बढाउन र पिरियड घटाउनमा सो प्रोडक्सन बेसले सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

चोङकिङमा अवस्थित सेरेस ग्रुपले सन् २०२१ को डिसेम्बरमा टेलिकम जायन्ट हुवावेसँग मिलेर प्रिमियम ईभी ब्रान्डको रुपमा एइटोको स्थापना गरेको थियो । त्यसपछि सबै प्रोडक्सन लाइन अपमा सो ब्रान्डले सीएटीएलकै ब्याट्री प्रयोग गरिरहेको छ ।

सीएटीएल सन् २०१७ देखि विश्वकै सबैभन्दा ठूलो ब्याट्री सप्लायर कम्पनीको रुपमा परिचित छ । गत वर्ष यसको बजार हिस्सा ३७.९ प्रतिशत थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...