अब सार्वजनिक सवारी चढ्दा फेस सिल्ड अनिवार्य

काठमाडौं – सार्वजनिक सवारी साधनमा चढ्न यात्रुले पनि फेस सिल्ड अनिवार्य लगाउनु पर्ने भएको छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि अनिवार्य रुपमा फेस सिल्ड लगाउनु पर्ने र यात्रुले नै फेस सिल्डको व्यवस्था गर्नेु पर्ने बताएको छ ।

सरकारले गत २६ गतेदेखि नै सार्वजनिक सवारीले सिट क्षमतामा यात्रु राख्न पाउने निर्णय गरेको थियो । त्यसकारण भौतिक दुरी कायम हुन नसक्ने भन्दै सवारीमा यात्रा गर्ने बेला फेस सिल्ड अनिवार्य गरिएको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले बताएका छन् ।

विभागले सवारी साधनले पुरै क्षमतामा यात्रु राख्न पाउने भएकाले यात्रुलाइ बढी भाडा नतिर्न आग्रह गरेको छ । यस अधि सरकारले आधा सिटमा मात्रै यात्रु बोक्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...