धुलिखेलमा सम्पन्न भयो साइकल तथा पैदलयात्री सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम
सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह नेपालमा पनि...
हेटौंडा – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ कलेजको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक भइरहेको फर्मुला वान (एफवान) इन स्कुल्सको अभिमुखीकरण कार्यक्रम नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालय, हेटौंडामा सम्पन्न भएको छ ।
गत ८ मार्चमा सम्पन्न सो कार्यक्रममा हाल ४० वटा देश सहभागी भइरहेका एफवान इन स्कुल्सका गाडी र डेमो रेस प्रस्तुत भएको थियो । त्यसैगरी एफवान इन स्कुल्सका नेसनल कोअर्डिनेटर इन्जिनियर. सुयोग खनालले एफवान इन स्कूल्सको अभिमुखीकरण दिएका थिए ।
यसै गरी काठमाडौँ इन्जिनियरिङ कलेजका उपप्रध्यापक इन्जिनियर मञ्चन तिवारीले एफवान इन स्कूल्सको गाडी बनाउदा प्रयोग हुने क्याड र क्याम तथा डिजाइन गर्दा लाग्ने एरोडाइन्यामिक फोर्सका बारेमा प्रस्तुतिकरण गरे ।
कार्यक्रममा नवोदय स्कूलका निर्देशक अव्यक्त खनालले ५० जना विद्यार्र्थीको उत्साहजनक सहभागिता रहेको जनाउँदै स्कुलको सो कार्यक्रममा पूर्ण साथ सहयोग रहने बताए ।
नासा नेपाल र काठमाडौँ इन्जिनियरिङ कलेजले संयुक्त रुपमा विद्यार्थी केन्द्रित स्कूल्स टु ट्रयाक, कार्टिङ्ग कम्पिटिसन र ई–स्पोर्ट्स कार्यक्रमहरु आयोजना गदैछन् ।
सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह नेपालमा पनि...
अष्ट्रेलियाको मेलबर्नमा हिजो सम्पन्न कार रेस प्रतियोगिता अष्ट्रेलियन...
नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई विश्वस्तरिय ज्ञान, सीप र प्रविधि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...