बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – सुन्दर यातायातले आगामी वैशाखमा चीनबाट थप ९ वटा विद्युतीय बस काठमाडौं ल्याउने भएको छ । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिएका छन् ।
४० सिट क्षमताका ती ९ वटा बस तयारी अवस्थामा छन् । सरकारले विद्युुतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले एउटा बसको एक करोड ७२ लाख रुपियाँमा २५ वटा बस खरिदको सम्झौता गरेको छ । जसमध्ये ९ वटा बस पहिलो चरणमा ल्याइने भएको कम्पनीको भनाइ छ ।
सुन्दर यातायातले काठमाडौँ उपत्यकामा ४ वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । तीनवटा चक्रपथ र एउटा सूर्यविनायक–रत्नपार्क रुटमा सञ्चालन गरिरहेको छ । ती बस युरो मापदण्डका हुन् । सुन्दर यातायातले चितवनमा पनि विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।
सुन्दर यातायातले आगामी दिनमा अपांगमैत्री विद्युतीय बस समेत ल्याउने बताएको छ । नेपाली बजारमा हाल चलिरहेको सुन्दर यातायातका विद्युतीय बसले चर्चा पाइरहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...