बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
मन्त्रिपरिषदको बैठकले ५० हजार डलरभन्दा बढी मुल्यका सवारीसाधन आयातमा लगाउँदै आएको यसअघिको प्रतिबन्ध फुकुवा गरेको छ । यससँगै यसअघि नेपाली बजारमा कारोबार हुँदै आइरहेका ल्यान्डरोभर, मर्सिडिज बेन्ज, लेक्सस र टोयोटाका केही गाडी पुनः नेपाल भित्रिने बाटो खुलेको छ ।
महंगा गाडी आयात गर्दा ठूलो मात्रामा बिदेशी मुद्रा बाहिरिएको भन्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ५० हजार डलरभन्दा माथिको गाडी आयात गर्न नपाउने नियम लागू गराएका थिए । यो निर्णय कार्यन्वयमा आएसँगै ल्यान्डरोभर, लेक्सस, मर्सिडिज बेन्ज र टोयोटाका हाई रेन्ज एसयूभीको आयात ठप्प भएको थियो । नेपालमा यो रेन्जका गाडी विशेषतः कुटनीतिक नियोगका कर्मचारी र धनाढ्य उद्योगपति तथा व्यवसायीले प्रयोग गर्दै आइरहेका छन् ।
ल्यान्डरोभर गाडी आयातकर्ता किशोर गियर्सले नेपाली बजारमा रेन्जरोभर स्पोर्ट, भोग, भेलार र डिफेन्डर एसयूभी बिक्री गर्दै आइरहेको थियो । यी सबै गाडीको मूल्य अन्तर्राष्ट्रिय बजारमा ५० हजार डलरमाथि पर्ने भएपछि उसले सरकारले लागू गरेको प्रतिबन्धपछि कुनै पनि नयाँ गाडी आयात गर्न सकेको थिएन ।
रेन्जरोभरको सस्तो गाडी डिफेन्डरको मूल्य नै नेपाली बजारमा ३ करोड ५० लाखमाथि पर्छ भने महंगो भोग मोडलको ६ करोड हाराहारीमा पर्छ । यी गाडी विदेशी कुटनीतिक नियोग र धनाढ्य नेपालीहरुले प्रयोग गर्दै आइरहेका छन् । प्रतिबन्ध फुकुवा भएपछि माग बमोजिम गाडी आयात थाल्ने कम्पनी स्रोतले बताएको छ ।
मर्सिडिज बेन्जका गाडी पनि नेपाली बजारमा कारोबार हुने महंगा गाडीको सुचीमा पर्छन् । मर्सिडिजका सी क्लास सेडान, ई क्लास सेडान, एस क्लास सेडान र जीएलसी मोडलको एसयूभी नेपाली बजारमा उपलब्ध छन् । यी मध्ये ई क्लास सेडान, एस क्लास सेडान र जीएलसी मोडलको एसयूभीको मुल्य अन्तर्राष्ट्रिय बजारमा ५० हजार डलरमाथि पर्छ । सबैभन्दा महंगो एस क्लास सेडानको मूल्य नेपाली बजारमा ५ करोडमाथि पर्ने बताइएको छ । त्यसैगरी ई क्लास सेडान र जीएलसी एसयूभीको मूल्य ३ करोड हाराहारीमा पर्छ । अब उप्रान्त यी गाडी आयात गर्न समेत बाटो खुलेको छ ।
त्यसैगरी टोयोटा र लेक्सस गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले कारोबार गर्दै आइरहेको टोयोटाका केही एसयूभी र लेक्सस ब्रान्डका एसयूभीको आयात समेत सरकारको यसअघिको निर्णयबाट प्रभावित बनेको थियो । नेपाली बजारमा टोयोटा ल्यान्डक्रुजरको ३ वटा मोडलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ५० हजार डलरमाथि पर्छ । सबैभन्दा महंगो भीएक्स आर मोडलको मूल्य नेपाली बजारमा ४ करोड ६५ लाख रुपैयाँ पर्छ भने अन्य २ वटा एसयूभीको मूल्य समेत ३ करोड २० लाख माथि पर्छ ।
टोयोटा ग्रुप अन्तर्गतकै प्रिमियम ब्रान्ड लेक्सस नेपाल भित्रिएको छोटो सयम लगत्तै सरकारले नयाँ नियम लागू गरेका कारण यसको आयात नै प्रभावित बनेको थियो । लेक्ससका २ वटा मोडल नेपाली बजारमा उपलव्ध छन् । जसमध्ये आरएक्स ३५० स्पोर्टको मूल्य नेपाली बजारमा ३ करोड ६८ लाख र एलएक्स ४५० डी मोडलको ६ करोड ५० लाख रुपैयाँ पर्छ । यी गाडीको मूल्य समेत अन्तर्राष्ट्रिय बजारमा ५० हजार डलरमाथि पर्छ । सरकारको पछिल्लो निर्णय कार्यन्वयनमा आएपछि पुनः आयात थालिने कम्पनी स्रोतले बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...