एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री

काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ ई–रिक्सा ब्याट्री नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । एक्साइड ब्रान्डको ई–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री भएको कम्पनीको भनाइ छ ।

विश्व प्रसिद्ध एक्साइड ब्रान्डको ई–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्ने कम्पनीले बताएको छ ।

यसैगरी, यिनीहरुमा ‘रग्ड ट्युवलर पोजिटिभ प्लेट’ को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ । आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नयाँ उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा सिप्रदी ढुक्क भएको बताइन्छ ।

कम्पनीका अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

मकास अटोमोटिभको मेकानिक्स मिट सम्पन्न, मकासको गुणस्तरीयता वारेमा छलफल

मकास अटोमोटिभको मेकानिक्स मिट सम्पन्न, मकासको गुणस्तरीयता वारेमा छलफल

काठमाडौं – सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको...

धोविघाट आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट, क्षतीको विवरण आउन बाँकी

धोविघाट आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट, क्षतीको विवरण आउन बाँकी

हिजो राती धोविघाटमा भएको आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट भएको छ...

एईसी उत्सवमा गरियो एईसी बेयरिङको चर्चा

एईसी उत्सवमा गरियो एईसी बेयरिङको चर्चा

काठमाडौं – नेपाली बजारमा भारतको प्रतिष्ठित बेयरिङ निर्माता कम्पनी अस्टिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...