एक्साइड ब्याट्री च्यानल पार्टनरले पाए उपहार

काठमाडौं – नेपालका लागि एक्साइड इन्डस्ट्रिजबाट उत्पादित एक्साइड ब्याट्रीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आफ्ना च्यानल पार्टनरहरुलाई विभिन्न उपहारहरु वितरण गरेको छ । बिजया दशमी २०७७ को अवसरमा आफ्ना च्यानल पार्टनरहरुलाई सिक्का एपमार्फत जम्मा भएको प्वाइन्ट बराबरको बिभिन्न उपहारहरु
वितरण गरिएको हो ।

उपहार बितरण कार्यक्रम अन्तर्गत नेपालभरीका च्यानल पार्टनरहरुको रोजाई अनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगायतका सामानहरु बितरण गरिएको सिप्रदीको भनाइ छ ।

उक्त कार्यक्रममा एक्साइड ब्याट्रिज नेपालका जनरल म्यानेजर सुरेश कुमार तिवारीले एक्साइड ब्याट्री च्यानल पार्टनरहरु माझ सधै एक नम्बरमा रहन सफल भएको बताउँदै हालै सिप्रदी ट्रेडिङ्ग प्रालिको पहलकदमीमा सिक्का एप लन्च गर्न पाउदा च्यानल पार्टनरहरु अत्यन्तै खुसी भएको बताए ।

सिक्का एपको सहयोगले च्यानल पार्टनरहरुले प्वाइन्टहरु जम्मा गर्न वा आफ्नो रोजाइमा प्वाइन्ट अनुसार प्राप्त हुने नगद वा अन्य उपहारहरु प्राप्त गर्न सक्छन् ।

एक्साइड ब्याट्री नेपाली बजारमा एकदमै बिश्वसनिय र नम्बर एक ब्याट्री भएको सिप्रदीको दावी छ । एक्साइड ब्याट्री अटोमोटिभ, सोलार, घरायसी प्रयोग तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

एक्साइड ब्याट्री यसको गुणस्तर, प्रोडक्ट पोर्टफोलियोमा सहज उपलब्धताका कारण नेपाली बजारमा निरन्तर एक नम्बरमा रहन सफल भएको कम्पनीले बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...