प्रत्येक दिन ५ सय व्यक्तिले खरिद गर्छन् यो कार

मारुती सुजुकी ब्रेजाले भारतमा १० लाख युनिट बिक्रीको माइलस्टोन पार गरेको छ । गत वर्ष फेसलिफ्ट मोडल लन्च गरिएको ब्रेजाले यो भन्दा पहिले टप सेलिङ एसयूभी रहेको टाटा नेक्सनलाई समेत धेरै पटक पछि पारेको छ ।

सन् २०१६ मा पहिलो पटक अटो एक्सपोमा सार्वजनिक गरिएको ब्रेजा बजारमा आएको करिव ८ वर्ष पुगेको छ । यसपछि आकर्षक लुक्स र फिचर तथा माइलेजका कारण यसले धेरैको मन जित्न सकेको छ । यस अनुसार हरेक दिन यो गाडी ५ सय व्यक्तिले खरिद गरेको मान्न सकिन्छ ।

भिटारा ब्रेजा लन्च गरेको १ वर्ष भित्र १ लाख युनिट भन्दा बढि बिक्री भएको थियो । जबकि त्यसको ८ महिना पछि लगभग २ गुणा भिटारा ब्रेजा बिक्री भएको थियो । भिटारा ब्रेजा समय सँगसँगै निकै लोकप्रिय भएको थियो र जुलाई २०१८ सम्ममा ३ लाख युनिट बिक्री भएको थियो ।

सो ५ सिटर कार फेब्रुअरी २०१९ मा ४ लाख युनिट बिक्री भएको थियो । भिटारा ब्रेजा ६ लाख युनिट बिक्रीको आँकडा पार गर्नको लागि २ वर्षको समय लागेको थियो । कम्पनीले २०२० अटो एक्सपोमा फेसलिफ्टेड भिटारा ब्रेजा पेश गरेको थियो । साथै १.५ लिटर चार सिलिन्डर के१५बी माइल्ड हाइब्रिड पेट्रोल इन्जिन सुरु गरिएको थियो ।

हाल सो कारमा पेट्रोल इन्जिन रहेको छ । जसले १०४.७ पीएसको पावर र १३८ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र ४ स्पिड टर्क कन्वर्टर ट्रान्समिशन रहेको छ ।

भारतमा सो कम्प्याक्ट एसयूभीको मूल्य ८ लाख २९ हजार भारु देखि १४ लाख १४ हजार भारु रहेको छ । भिटारा ब्रेजा एलएक्सआई, भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरिएन्टमा उपलब्ध रहेको छ । सो कारमा इन्टिग्रेटेड एलईडी डे–टाइम रनिङ लाइट्स, अपग्रेड एलईडी फग ल्याप्स, नयाँ डिजाइनको १६ इन्चको अलोय ह्वील र नयाँ फ्रन्ट ग्रिल फिचर रहेको छ ।

सो कारमा ३ ड्युअल टोन कलरको विकल्प रहेको छ । जसमा मिडनाइट ब्ल्याक रुफको साथमा सिजलिंग रेड, मिडनाइट ब्ल्याक रुफको साथमा टर्क ब्लु र अटम ओरेज रुफको समाथ ग्रेनाइट ग्रे समावेश रहेको छ । यसको इन्टेरियरमा एपल कारप्ले र एन्ड्रोयड अटो कनेक्टिभिटीको साथमा ७ इन्चको स्मार्टप्ले टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, लेदर स्टेयरिङ ह्वील र अटोमेटिक क्लाइमेट कन्ट्रोल रहेको छ ।

नेपाली बजारमा पनि सुजुकी ब्रेजा उपलब्ध छ । नेपालमा सीजी मोटोकर्पले सुजुकी ब्रेजा गाडी बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा यसको मूल्य ४४ लाख ९९ हजार देखि ६४ लाख २९ हजार रुपैयाँ सम्म छ । नेपाली बजारमा धेरै बिक्री हुने कारमध्ये ब्रेजा पनि एक हो ।

सम्बन्धित समाचारहरू

सुुजुकी फ्रंक्सलाई भारतमा सफलता, ३८ महिनामै ५ लाख बढि युनिट बिक्री

सुुजुकी फ्रंक्सलाई भारतमा सफलता, ३८ महिनामै ५ लाख बढि युनिट बिक्री

सुजुकीले भारतमा फ्रंक्सको ५ लाख युनिट बिक्री पार गरेको छ । लन्च भएको ३८...

जापानमा सार्वजनिक भयो उत्कृष्ट फिचर सहित ६६० सीसीको नयाँ सुजुकी अल्टो

जापानमा सार्वजनिक भयो उत्कृष्ट फिचर सहित ६६० सीसीको नयाँ सुजुकी अल्टो

सुजुकीले सुजुकी अल्टोको नवौं पुस्ताको मोडल जापानी बजारमा सार्वजनिक गरेको...

१ महिना बढ्यो सुजुकी गाडीमा फ्रि सर्भिस र वारेन्टी पिरियड

१ महिना बढ्यो सुजुकी गाडीमा फ्रि सर्भिस र वारेन्टी पिरियड

काठमाडौं – नेपाली बजारमा बिक्री भएका सुजुकीका विभिन्न मोडलका गाडीमा भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...