अल्ट्राभायोलेटको नयाँ स्कुटर २ हप्तामा ५० हजार बुकिङ, रेन्ज २६० किलोमिटर
अल्ट्राभायोलेट अटोमोटिभले आफ्नो टेसेरेक्ट इलेक्ट्रिक स्कूटरको लागि...
इलेक्ट्रिक टु ह्विलर ब्रान्ड इभियमले ३ नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । यो नयाँ ब्रान्डले कस्मो, कोमेट र सिजार मोडलका स्कुटरलाई भारतीय बजारमा लन्च गरेको हो । जसको रेन्ज १५० किलोमिटरसम्म रहने दावी गरिएको छ ।
यी तीन स्कुटरमध्ये कस्मोमा ७२ भोल्ट ३२ एम्पियर आवरको लिथियम व्याट्री र २ हजार वाट क्षमताको मोटर जडान गरिएको छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गर्दा ८० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ । स्कुटरलाई ६५ किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिन्छ । यसको मूल्य १ लाख ४४ हजार भारु निर्धारण गरिएको छ ।
यसैगरी अर्को मोडल कोमेटान ७२ भोल्ट ५० एम्पियर आवरको व्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरिएको छ । यसलाई एकपटक फूल चार्ज गर्दा १५० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ । यो स्कुटरलाई ८५ किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिन्छ । यसको मूल्य १ लाख ९२ हजार भारु निर्धारण गरिएको छ ।
सिजारमा ७२ भोल्ट ४२ एम्पियर आवरको लिथियम व्याट्री र ४ हजार वाट क्षमताको मोटर जडान गरिएको छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गर्दा १५० किलोमिटरकै रेन्ज प्रदान गर्ने जनाइएको छ । स्कुटरलाई ८५ किलोमिटरकै प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिन्छ । यसको मूल्य २ लाख १६ हजार भारु निर्धारण गरिएको छ ।
यी स्कुटरमा इको, नर्मल र स्पोर्ट मोड दिइएको छ भने अन्य फिचर्समा किलेस स्टार्ट, एन्टिथेप्ट फिचर्स, एलसिडी डिस्प्ले, रिजेनेरिटिभ व्रेकिङ, मोवाइल एप कनेक्टिभिटी, फान्ड माई भेइकल फिचर, रियल–टाइम ट्रयाकिङ, ओभर स्पिड अलर्ट र जिओफेन्सिङ जस्ता फिचर्स उपलब्ध गराइएको छ ।
अल्ट्राभायोलेट अटोमोटिभले आफ्नो टेसेरेक्ट इलेक्ट्रिक स्कूटरको लागि...
टाटा कर्भ ईभीले भारतको कश्मीर देखि कन्याकुमारी सम्मको ३ हजार ८२३...
सेगवे इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक आई हव प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...