ईभी र हाइब्रिड कारको बिक्रीमा उच्च बृद्धि, सेप्टेम्वरमा मात्रै ३० प्रतिशतले बढ्यो

विश्व बजारमा ईभी र हाईब्रिड कारको बिक्रीमा उच्च बृद्धि देखिएको छ । एक रिपोर्टका अनुसार, सेप्टेम्बर २०२४ मा प्योर इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीहरूको विश्वव्यापी बिक्री ३०.५ प्रतिशतले बृद्धि भएको हो ।

प्रतिवेदनका अनुसार युरोपेली देशहरुमा न्यू इनर्जी भेइकलको बिक्रीले पुन गति लिँदा चीनले अगस्ट २०२४ मा आफ्नो रेकर्ड संख्याहरू पार गर्न सफल भएको छ । आफ्ना ईभीमा यूरोपले ४५ प्रतिशत कर बृद्धि गर्दा समेत चीनले बिक्री बढाउन जोड दिइरहेको छ ।

रो मोशनद्वारा जारी गरिएको तथ्याङ्कले सेप्टेम्बर २०२४ मा विश्वव्यापी रूपमा ईभी र हाइब्रिड कारको बिक्री १.६९ मिलियन यूनिट पुगेको देखाएको छ । चीनमा गत महिना १.१२ मिलियन कार बिक्री हुँदा ४७.९ प्रतिशत बृद्धि भएको उक्त तथ्यांकमा उल्लेख गरिएको छ ।

युरोपमा इटाली, जर्मनी र डेनमार्कमा उल्लेखनीय बृद्धि हुँदा बेलायतमा ईभीको बिक्री २४ प्रतिशतले बिक्री भएको उल्लेख छ । त्यस्तै अमेरिका र क्यानडाले पनि गत महिना ईभीको बिक्रीमा ४.३ प्रतिशत बृद्धि हाँसिल गरेका छन् ।

सम्बन्धित समाचारहरू

गत आर्थिक वर्षमा भित्रिए २४९ विद्युतीय सवारी, पहिले भन्दा लगभग आधाले कमी

गत आर्थिक वर्षमा भित्रिए २४९ विद्युतीय सवारी, पहिले भन्दा लगभग आधाले कमी

काठमाडौं – गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा २४९ विद्युतीय सवारी साधन आयात...

के भविष्यमा हाइब्रिड कार राम्रो विकल्प हुन सक्छ ?

के भविष्यमा हाइब्रिड कार राम्रो विकल्प हुन सक्छ ?

हाइब्रिड कारमा पेट्रोल/डिजेल इन्जिन र इलेक्ट्रिक मोटर दुवैको प्रयोग हुन्छ...

एमजी विन्डसर ईभीले पायो ग्रिन कार अफ द इयर २०२५ अवार्ड, यी हुन् अन्य विजेता

एमजी विन्डसर ईभीले पायो ग्रिन कार अफ द इयर २०२५ अवार्ड, यी हुन् अन्य विजेता

भारतमा अटोमोबाइल क्षेत्रको सबैभन्दा प्रतिष्ठित र ठूलो मानिने अवार्ड शो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...