चिनीयाँ सस्ता ईभीले अमेरिकाको तनाव बढ्दो, प्रतिस्पर्धा गर्न छैन ठोस रणनिती
चीनले सस्तो मूल्यमै नयाँ प्रविधी र अत्याधुनिक विशेषतायुक्त ईभी उत्पादन...
नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका सवारी साधन मध्ये अलि बढी मूल्य अर्थात ७० लाख रुपैयाँ हाराहारी मूल्य खोज्नेहरुका लागि पनि विभिन्न विकल्प उपलब्ध छन् । खासगरी ईभीको प्रयोग बढिरहेको समयमा पहिले इन्ट्री लेभलका सवारी साधन चढिसकेकाहरुको रोजाइमा यस्ता सवारी साधन पर्न सक्छन् ।
ईभीकै कुरा गर्दा नेपाली बजारमा हाल दिपल एस०७, एवोन भी लक्जरी र बीवाईडी एट्टो ३ सुपेरियर मध्ये कुनै एक रोज्न सकिन्छ । मूल्य र फिचरका आधारमा हेर्दा पनि यी तीन मोडलमा केही मात्र फरक छ भने नेपाली बजारमा हाल यी मोडल लोकप्रिय समेत छन् ।
दिपल एस०७ को मूल्य ७४ लाख ९९ हजार, एवोन भी लक्जरीको मूल्य ६९ लाख ९९ हजार र बीवाईडी एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ छ । यसका आधारमा यो मूल्यमा सवारी साधन खरिद गर्नेहरुले यी ईभी रोज्न सक्छन् ।
दिपल एस०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री, एवोन भी लक्जरीमा ७५.२६ किलोवाट आवरको ब्याट्री र बीवाईडी एट्टो ३ मा ६०.७८ किलोवाट आवरको ब्याट्री रहेको छ । यी तीन गाडीले क्रमशः ४८५, ६५० र ४२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
ईभीका लागि आवश्यक अर्को महत्वपूर्ण फिचर ग्राउन्ड क्लियरेन्स हो । यी तीनै मोडलमा लगभग समान ग्राउन्ड क्लियरेन्स छ । दिपल एस०७ र बीवाईडी एट्टो ३ सुपेरियरमा १७५ एमएम र एवोन भी लक्जरीमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स छ । मोटर पावर पनि तीनै मोडलमा समान अर्थात ९९ र १०० किलोवाट छ ।
यी वाहेक तीन मोडलका सेफ्टी र अन्य फिचर भने केही फरक छन् । दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरु छन् । संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतमार्फत नै कमान्ड लिन सक्छ । साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ, जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना प्रदान गर्दै ड्राइभिङलाई सहज र सुरक्षित बनाउँछ ।
साथै, क्याबीनको बीचमा १५.६ इन्चको ‘सन फ्लावर टचस्क्रिन’ रहेको छ, जुन टचस्क्रिनलाई इन्टरयाक्ट गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपल ०७ मा ‘वेलकमिङ सिट’ पनि रहेको छ, जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । कारको अगाडी र पछाडी दुबै भागमा सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको २० इन्चको विशाल टायरले इभीलाई आकर्षक बनाउनुका साथै पर्फमेन्समा सुधार ल्याउन समेत मद्धत गर्छ । दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो एसयुभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाएको छ । साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर छन् ।
एवोन भी लक्जरीमा चालक र सहचालकका लागि ८ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इनबिल्ट फ्रिजको सुविधा छ । दुबै भेरियन्टमा १५ ओटा स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग र फाइभ–स्टार सुरक्षा मापदण्ड छ । एवोन-भी मोडलमा एच आकारको हेडलाइट, १९ इन्चको मल्टी स्पोक पेटल स्टाइल रीम, क्लोज अफ ग्रिल दिइएको छ । कम्पनीले यसमा ११ वटा क्यामेरा, १२ वटा अल्ट्रासोनिक रेडार दिएको छ । उक्त रेडारले एडिगो पाइलट इन्टेलिजेन्ट ड्राइभिङ एसिस्ट सिस्टम सपोर्ट गर्छ ।
बीवाईडी एट्टो ३ मा आधुनिक र आरामदायी इन्टेरियर दिइएको छ । यसमा स्मार्ट टच स्क्रिन इन्फोटेनमेन्ट, स्मार्ट रिभर्स पार्किङ असिस्ट र उन्नत ड्राइभिङ असिस्ट सिस्टम जस्ता फिचर र ७ एयरब्याग, अडेप्टिभ क्रूज कन्ट्रोल, लेन-किप असिस्ट, अटो इमर्जेन्सी ब्रेकिङ, एडास, एबीएस, ईबीडी, हिल-होल्ड असिस्ट, ३६०-डिग्री क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक र २९ उन्नत सेन्सर जस्ता सेफ्टी फिचर प्रदान गरिएको छ ।
चीनले सस्तो मूल्यमै नयाँ प्रविधी र अत्याधुनिक विशेषतायुक्त ईभी उत्पादन...
काठमाडौं – नेपाली बजारमा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर र वुलिङ...
भारतको सवैभन्दा पुरानो र ठूलो इलेक्ट्रिक टु ह्विलर निर्माता हिरो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...