ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

काठमाडौं - आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्री वर्षमान पुनले जथाभावी ढंगले करका दरहरु हेरफेर गरेकाे भन्दै ढुवानी व्यवसायी तथा कृषकहरु चिन्तित भएका छन् ।

ईभी कारहरुमा अव्यवहारिक करको दर हेरफेर गरेका अर्थमन्त्रीले केही साना व्यवसायिक प्रयोजनमा प्रयोग हुने डिजेल र पेट्रोल पिकअप भ्यानहरुको व्यापार गरिरहेको समूहको प्रभावमा परेर इभीलाई निरुत्साहित बनाउने गरी करको दरमा भारी वृद्धि गरेको पाइएको उनीहरुकाे आराेप छ ।

साविकमा ईभी पिकअप भ्यान(साना)को भन्सार दर १ प्रतिशत रहेको थियो । साना इभी पिकअप भ्यानहरुले गाउँ–गाउँबाट कृषिजन्य सामाग्रीको ढुवानीमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । कृषि क्षेत्रको विकास र विस्तारका लागि ईभी पिकअप भ्यानलाई फोकस गरी ढुवानी खर्च घटाउने नीति लिनुपर्ने ठाउँमा सरकारले उल्टो नीति लिएको पाइएको कृषि व्यवसायीहरुकाे गुनासाे छ ।

निश्चित व्यापारिक समूहको प्रभावमै परेर अर्थमन्त्रीले साना ईभी पिकअपको भन्सार दर १ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएका आशंका गरिएको छ । यसरी भन्सार दरमा ९०० प्रतिशतले वृद्धि गरिएको देखिएको छ ।

सरकारको यस्तो कदमबाट थोरै खर्चमा कृषिजन्य मालवस्तु ढुवानी हुने सहज अवस्थामा जटिलता थप्ने काम गरिएको स्वयं कृषकहरुको गुनासो छ । ‘साना ईभी पिकअप खरीद गरेर यसलाई ढुवानीको साधनको रुपमा प्रयोग गरी स्वरोजगार भइएको थियो ।’काभ्रेका युवा किसान विक्रम थापाले भने–’तर, केही व्यापारिक घरानाको इशारामा सरकारले स्वरोजगार बन्नेका लागि सहज व्यवस्थालाई थप जटिलता बनाउने काम गर्यो । यस्ता कृषि क्षेत्रको विकासमा प्रत्यक्ष भूमिका खेल्ने यस्ता साना विद्युतीय पिकअप भ्यानमा सहुलियत बनाउनुपर्ने ठाउँमा अर्थमन्त्री उल्टो बाटो हिँड्नुभयो ।’

थापाले सरकारले अध्ययन नै नगरी कुनै व्यापारिक समूहसँग मिलेर इभी पिकअप भ्यानमा ट्याक्स बढाउने काम गरेका दाबी गरे । ‘यो कदम औचित्यहीन छ । अर्थमन्त्रीले यसलाई तत्काल सच्याउनुपर्छ ।’ उनले भने–’एकातिर कृषि क्षेत्रमा अनुदान बढाएको कुरा गर्ने, अनि अर्कोतिर तयारी कृषिजन्य वस्तु तथा कृषि प्रयोजनकै लागि मालसामान ढुवानी गर्ने तथा साना स्वरोजगारमूलक व्यवसायमा प्रयोग हुने इभी पिकअपको भन्सार दर ९ गुणाले बढाउनु विरोधाभाषपूर्ण काम भयो ।’

हाल नेपालमा साना इभी पिकअप पुग नपुग १०० वटा पनि भित्रिएका छैनन् । यसबाट सरकारलाई आउने राजश्व वा भन्सार बढाउँदा बढ्ने राजश्व नगण्य हुन्छ । तर, यो कदमबाट पर्ने प्रभाव भने दूरगामी हुनसक्छ । ‘सरकारी ढुकुटीमा नगण्य योगदान हुने काम सरकारबाट हुनु भनेकै कसैको इशारामा यो काम भएको रुपमा बुझ्नुपर्छ ।’, भक्तपुरका ढुवानी व्यवसायी निरज प्रजापतिले भने–‘डिजल र पेट्रोल पिकअप भ्यान बिक्री गर्ने व्यापारिक समूहलाई पोस्न सुनियोजित ढंगले भन्सार बढाइएको सहजै अनुमान गर्न सकिन्छ।’

प्रजापतिले पनि कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने तथा कतिपय युवाहरुलाई स्वरोजगार बनाउने साना आकारका विद्युतीय पिकअपमा ९०० प्रतिशतले बढाइएको भन्सार तत्काल हटाउन माग गरेका छन् ।

सम्बन्धित समाचारहरू

‘लिपमोटरसँग १ दिन’ अभियानमार्फत टेस्ट ड्राइभको अनुभव पुनर्परिभाषित गर्दै सांग्रिला मोटर्स

‘लिपमोटरसँग १ दिन’ अभियानमार्फत टेस्ट ड्राइभको अनुभव पुनर्परिभाषित गर्दै सांग्रिला मोटर्स

काठमाडौँ – लिपमोटरले ग्राहकहरूको विद्युतीय सवारी अनुभव गर्ने तरिकालाई...

टाटा इन्ट्रा ईभी पिकअप लन्च, २११ किलोमिटर रेन्ज र १७५० केजी वहन क्षमता

टाटा इन्ट्रा ईभी पिकअप लन्च, २११ किलोमिटर रेन्ज र १७५० केजी वहन क्षमता

टाटा मोटर्सले आफ्नो कमर्सियल भेहिकल डिभिजन क्षेत्रलाई थप सशक्त बनाउँदै...

आयोन वाईका साथ नेपाली बजारमा उपस्थिति विस्तार गर्दै जीएसी मोटर्स

आयोन वाईका साथ नेपाली बजारमा उपस्थिति विस्तार गर्दै जीएसी मोटर्स

जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...