उत्कृष्ट डिजाइन अवार्ड जित्ने इलेक्ट्रिक बाइक
ब्रिटिश कम्पनी ज्याप इलेक्ट्रिक भेइकलको इलेक्ट्रिक सिटी बाइक ज्याप आई३००...
नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले आगामी नाडा अटो शो २०८० मा आफ्नो ईभी पिकअप ट्रक र १४/१५ सिटर ईभी भ्यान लन्च गर्ने तयारी गरेको छ ।
फोटोनको पहिलो ईभी ट्रक टीएम–१ पूर्ण रुपमा नेपाली भूगोल सुहाउदो रहेको कम्पनीको भनाइ छ । सो ईभी पिकअप ट्रकले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा कम्पनी विश्वस्त रहेको बताइएको छ ।
नेपालको चुनौती पूर्ण भू–भागमा विगत २– ३ महिनामा व्यापक सफल परीक्षणहरु पार गरिसके पछि उक्त टीएम१ पिकअप ट्रकलाई नेपाली बजारमा ल्याउन लागिएको आधिकारिक जानकारी कम्पनीले गराएको छ ।
यसैगरी सो अवसरमा १४/१५ सिटर ईभी भ्यानको पनि औपचारिक रुपमा लन्च गर्ने तयारी रहेको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीका अनुसार नाडा अटो शोको अवसरमा गाडी खरिद गर्ने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ ।
आगामी भाद्र २६ देखि ३१ ग्ते सम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो हुँदैछ ।
ब्रिटिश कम्पनी ज्याप इलेक्ट्रिक भेइकलको इलेक्ट्रिक सिटी बाइक ज्याप आई३००...
एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक...
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको प्योर ईभीको इलेक्ट्रिक मोटरसाइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...