फोटोनको पहिलो ईभी पिकअप ट्रक नाडा अटो शोमा लन्च हुने

नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले आगामी नाडा अटो शो २०८० मा आफ्नो ईभी पिकअप ट्रक र १४/१५ सिटर ईभी भ्यान लन्च गर्ने तयारी गरेको छ ।

फोटोनको पहिलो ईभी ट्रक टीएम–१ पूर्ण रुपमा नेपाली भूगोल सुहाउदो रहेको कम्पनीको भनाइ छ । सो ईभी पिकअप ट्रकले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा कम्पनी विश्वस्त रहेको बताइएको छ ।

नेपालको चुनौती पूर्ण भू–भागमा विगत २– ३ महिनामा व्यापक सफल परीक्षणहरु पार गरिसके पछि उक्त टीएम१ पिकअप ट्रकलाई नेपाली बजारमा ल्याउन लागिएको आधिकारिक जानकारी कम्पनीले गराएको छ ।

यसैगरी सो अवसरमा १४/१५ सिटर ईभी भ्यानको पनि औपचारिक रुपमा लन्च गर्ने तयारी रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीका अनुसार नाडा अटो शोको अवसरमा गाडी खरिद गर्ने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ ।

आगामी भाद्र २६ देखि ३१ ग्ते सम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो हुँदैछ ।

सम्बन्धित समाचारहरू

लिपमोटर बी०५ को प्रि–सेल सुरु, यस्तो छ मूल्य र विशेषता

लिपमोटर बी०५ को प्रि–सेल सुरु, यस्तो छ मूल्य र विशेषता

लिपमोटरले आफ्नो नयाँ विद्युतीय ह्याचब्याक कार बी०५ को प्री– सेल सुरु...

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चिनियाँ अटो निर्माता चांगनले विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप...

यसो भए ईभी तपाईका लागि उपयुक्त नहुन सक्छ

यसो भए ईभी तपाईका लागि उपयुक्त नहुन सक्छ

आजको समयमा इलेक्ट्रिक कारप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। कम सञ्चालन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...