आगामी मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो हुदै

काठमाडौँ – आगामी मंसिर १६, १७ र १८ गते काठमाडौंको भृकुटीमण्डपमा एसडी एक्स्पो मिडियाको आयोजनामा ईभी नेपाल एक्स्पो हुने भएको छ । विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठुलो प्रदर्शनी हुने बताइएको छ ।

एसडी एक्स्पो मिडिया प्रमुख आयोजक रहेको सो एस्पोको सह–आयोजक भने इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । प्रदर्शनीलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर र ईभी ड्राइभ द फ्युचरले सहकार्य गरेका छन् ।

विगत दुई वर्ष देखि कोभिड–१९ को महामारीका कारणले यस प्रदर्शनीमा ढिलाई भएको आयोजकको भनाइ छ । २०२० मा हुनु पर्ने सो प्रदर्शनी अब मंसिर १६, १७ र १८ मा हुँदैछ । यस कार्यक्रमको पहिलो उद्देश्य नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु हो । यसका साथै, यस सुन्दर अवसरले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्नेछ ।

पछिल्लो समयमा विद्युतीय सवारीप्रति धेरैको आकर्षण बढिरहेको र नेपालमा समेत यसका लागि आवश्यक विद्युत उत्पादन प्रशस्तै मात्रामा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गरी सो प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिने छ ।

सो वृहत प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढी विभिन्न देशका ब्रान्डका लागि साझा मञ्च हुनेछ । यसका साथै व्यापार तथा वित्तिय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चिनियाँ अटो निर्माता चांगनले विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप...

बिद्युत प्राधिकरणले खरिद गर्यो एकैपटक १५ वटा सुपरसोको ब्रान्डका इलेक्ट्रिक मोटरसाइकल

बिद्युत प्राधिकरणले खरिद गर्यो एकैपटक १५ वटा सुपरसोको ब्रान्डका इलेक्ट्रिक मोटरसाइकल

नेपाल बिद्युत प्राधिकरणले एकैपटक १५ वटा इलेक्ट्रिक मोटरसाइकल खरिद गरेको छ...

कुलमान घिसिङको इलेक्ट्रिक मोह

कुलमान घिसिङको इलेक्ट्रिक मोह

आज अप्रिल २२ अर्थात पृथ्वी दिवस । पृथ्वी दिवसको दिन वातावरण संरक्षण गरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...